d

सात किलो चरेससहित एक महिला पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कलैया : लागुऔषध चरेस नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सीमानामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेबी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेस रहेको थियो । बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: