d

आकर्षक डिजाइन सहित पल्सर २५० मोटरसाइकल सार्वजनिक हुँदै, नेपालमा कहिले आइपुग्ला ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दुईपाँग्रे २५० सिसि सेग्मेन्टका मोटरसाइकल विक्रीमा ठूला सवारी विक्रेता कम्पनी प्रवेश गरिरहेकै बेला बजाज पल्सरले पनि २५० सीसीको पल्सर नेकेड भर्सन सार्वजनिक गर्ने भएको छ । लामो समय प्रतिक्षा गरिएको यो बाइक अगामी अक्टुबर २८ तारिकमा भारतीय बजारमा उतार्ने तयारी भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पल्सरको यो २५० बाइक सेग्मेन्टकै पहिलो हो । नयाँ पल्सर २५० आगामी अक्टोबर २८ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।

याे मोडलको आधिकारिक टिजर सार्वजनिक भएको छ जसमा नयाँ पल्सर २५० को एक्सटेरियर डिजाइन देखाइएको छ । यसबाट पल्सर लाइनमा यो प्रमुख मोडल बन्ने अनुमान समेत गरिएको छ ।

आकर्षक लुक र पावरफुल इन्जिनयुक्त नयाँ पल्सर २५० धेरै पहिले देखि नै युवाहरुका लागि प्रतीक्षारत बाइक हो । बाइकको एक्सटेरियर डिजाइनका साथ बाइकको केही प्रमुख फिचर समेत बाहिर आएको छ ।

अहिले बजारमा होन्डा,यामाहा,बेनेली,सुजुकी,केटिएम,डोमिनार लगाएतका २५० सीसी क्षमताका मोटरसाइकलले चर्चा कमाएका छन । नेपाली बजारमा पनि ठूला दुईपाँग्रे विक्रेता कम्पनीले २५० सेग्मेन्टका मोटरसाइकललाई मुख्य प्राथामितामा राखेका छन ।

भारतपछि नेपाल पल्सर २५० का लागि दोस्रो बजार रहेको पल्सर बाइकको नेपालका लागि अधिकारिक वितरक गोल्छा समुह बताउँदै आएको छ ।

गोल्छा समुहका निर्देशक अभिमन्यु गोल्छाले भारतीय बजारमा सार्वजनिक भएपछि पल्सर २५० बाइक नेपाली बजारमापनि छिट्टै उपलब्ध हुने बताउँदै आएका छन ।


कस्तो छ पल्सर २५० ?

पल्सर २५० बाइक बजारमा तहल्का मच्याइरहेको २२० एफ मोडलले जस्तै सेमी फेयडी डिजाइनमा रहेको छ । यसमा नयाँ पल्सर २५० को इन्जिन लेआउट पनि देखाइएको छ ।

बाइकमा सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन दिइएको छ । सो इन्जिन पल्सर २२० एफ मोटरसाइकलमा उपलब्ध पावरट्रेनको रिबोर भर्सन हुन सक्ने अनुमान गरिएको छ ।

इन्जिनले करिव २६ पीएसको पावर र २२ एनएमको टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । कम्पनीले हालसम्म आधिकारिक जानकारी दिइसकेको छैन ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार लुक्स र डिजाइनले युवाको मन लोभ्याउँछ । लुक र डिजाइनका आधारमा हेर्दा नयाँ पल्सरमा हाल उपलब्ध २२० एफ मोडलको डिजाइनलाई नै परिमार्जन गरिएको छ ।

स्प्लिट सिट र टेलिस्कोपिक फ्रन्ट फोकसका साथ फेयरिङ माउन्टेड रियरभ्यु मिरर हुनेछ । बाइकको इन्स्ट्रयुमेन्टल प्यानल कस्तो हालसम्म कुनै जानकारी दिएको छैन ।

अगाडीको लुक्स भने २२० को भन्दा फरक देखिएको छ । अगाडीको भाग भाइजरले ढाकिएको हुने छ । बाइकमा चमकदार एलईडी डीआरएल लाइट, एविएस, एफआई इन्जिन, विएससिक्स लगाएत विभिन्न नयाँ फिचरका साथ बजारमा प्रवेश गर्नेछ ।

हालसम्म यो बाइकको मूल्य कति हुने भन्ने बिषयमा कुनै जानकारी आइसकेको छैन । नेपाली बजारमा यो २५० मोटरसाइकल आउँदा ५ लाख माथि नै मूल्य हुने अनुमान गरिएको छ । मेरो लगानी बाट।  

Views: