d

कविता : भो आत्महत्या नगर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
                       पुष्प आर. जे

नौ महिनाको मर्मान्त 
प्रसव वेदना सहेर
जन्मेकी थियौ तिमी 
तिम्रैलागि हामीले 
मठ मन्दिर  चर्च गुम्बा 
अनि मज्जिद धाएका थियौं।

धेरै सपना अनि प्रतीक्षापछि
तिम्रो जन्मभएको थियो
हाम्रा खुशीका सिमाहरु थिएनन्
कति रमाएका थियौ हामी !!

 

स्तब्ध भयौं 
अाँखा अगाडि कालो छायाले छोप्यो
अर्धचेत तिम्रोनाम पुकारि रह्यो ।

 

कसैको मायामा डुब्दा 
सोच्नु पर्ने हो ममता
अनि तिमी जन्मिदा देखेको सपनाहरु।

 

तिमी जब 
तातेताते गर्दै हिड्न थाल्यौ
सपनाहरु फुल्दै गए
तिम्रो कोमल हातको स्पर्शमा
स्नेह छल्कन्थ्यो
घिस्रने तिमी कुद्ने भयौ 
सबैका अगाडि निर्धक्क भएर 
प्रतिरक्षाको लागि लड्नसक्ने भयौ।

 

बुबुमाम मीठो मानेर खान्थ्यौ
कोहीसँग डराउदिनथ्यौ
पहाड जस्तो अटलथियो - तिम्रो हिम्मत ।

 

अाज किन हार्यौ तिमी 
के पाऊँन रोज्यौ अलग बाटो
जीवनको संघर्ष 
बाटोमै अलपत्र छोडेर 
किन रोज्यौ अात्महत्या ?

 

भो अब सचेत बन
कसैले क्षणिक भुलाएको भरमा
कसैले 
मायाको आश्वासन दिएको भरमा
कसैले साथदिने वाचागरि
आधाबाटोमा छोडेको भरमा
अाफ्ना ईच्छाहरु 
पूरा नहुनेदेखि
बाँकी जीवनबाट विश्रामलिन
भो छोरी हो अब आत्महत्या नगर।

 

तिमीलाई मृत्युको मुखसम्म पुर्याउनेलाई
तिम्रो बिरुद्ध विषबमन गर्नेहरुलाई
तिमीलाई हतोत्साहित गर्ने बिरुद्ध 
महाकालीको रुपलिएर- जाईलाग्नुछ।

 

विसंगति विरुद्ध युद्ध लड 
सबैका बिचमा 
दुष्टलाई झापड लगाउ
उसको कठालो समाउ
कहिल्यै 
नहार छोरी  
अब आत्महत्या नगर।

Views: