d

अमेरिकाले ताइवानलाई समर्थन गर्दा रिसायो उत्तर कोरिया

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिओल : अमेरिकाले ताइवानको समर्थन गर्दा उत्तर कोरिया चिढिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध ताइवानको रक्षा गर्ने बताएपछि उत्तर कोरिया चिढिएको हो।  

अमेरिकी राष्ट्रपतिको सो अभिव्यक्तिपछि चिढिएको उत्तर कोरियाले शनिबार बाइडेन प्रशासनले चिनियाँ सेनासँग तनाव बढाउने आरोप समेत लगाएको छ। 

शनिबार स्थानीय मिडियासँग प्रतिक्रिया जनाउँदै उत्तर कोरियाका उप विदेशमन्त्री पाक म्योङ हुले अमेरिकाको चर्को आलोचना गरेका छन्। ‘अमेरिकाले ताइवान स्ट्रेटमार्फत युद्धपोत पठाउनुका साथै ताइवानलाई विकसित हतियार प्रणाली र सैन्य तालिम उपलब्ध गराइरहेको छ’, उनले भनेका छन्, ‘अमेरिकाको ताइवान रक्षा र उपस्थितिले चिनियाँ सेनासँग मात्र नभई समग्र कोरियाली प्रायद्धिप क्षेत्रमा द्वन्द्व बढाउने खतरा छ।’

अमेरिकाको आलोचनापछि म्योङले उत्तर कोरियाले चीनको समर्थन गर्ने बताएका छन्। ‘यदि अमेरिकाले बर्चस्व कायम गर्दै दुवै समाजवादी मुलुक उत्तर कोरिया र चीनलाई दबाउन खोज्छ भने हामीले पनि चीनको साथ दिने छौँ।’

शुक्रबार अमेरिकी जो बाइडेनले यदि चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। 

अन्नपुर्ण पोस्ट 

Views: