d

खेमराजको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेता संग्रौला सुष्मा कोइराला मेमोरियल अस्पतालमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पर्दाफास मिडिया प्रा. लि. का प्रमुख सल्लाहकार लक्ष्मी संगौला काठमाण्डौको साँगु स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुगी खेमराज घिमिरेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको छ।  झापाको विर्तामोडमा  गत भदौमा गम्भिर सवारी दुर्घटनामा परेका  घिमिरेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिंदै चिकित्सकहरु संग परामर्स समेत गर्नु भएको हो।   

उपचार बारे जानकारी लिंदै संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट पर्याप्त सहयोग रहने बताउनु भएको छ।  

 
द्रुत गतिमा आएको बसको ठक्कर बाट गभिर घाइते घिमिरेको कम्मर मुनीको भाग अहिले सम्म चल्न सकेको छैन। मेरुदण्ड भाचिएकाले कम्मर मुनीको भागमा असर देखा परेको चिकित्सकहरुले बताएका छन्।   

घिमिरेकी श्रीमती ममता घिमिरे अमेरिकामा अध्ययनरत छिन्।  श्रीमान सडक दुर्घटनामा परे पछि उनि नेपाल फर्किएकी हुन्।  नेपाल फर्किए पनि उनले आफ्नो श्रीमानलाई अमेरिकामै लगेर उपचार गर्ने योजना समेत बनाएकी छिन्।  

अमेरिका लगेर उपचार गर्न अमेरिकन एम्बेस्सीले भने करिब १ लाख अमेरिकी डलरको बैंक ग्यारेन्टी माग गरेकोले घिमिरे परिवारलाई थप चिन्ता थपिएको छ।  तत्काल कसरी यतिका रकम जुटाउने भन्ने तनाबमा रहेकी ममतालाई आगामी जनवरी शुरुमै अमेरिका पुग्ने पर्ने बाध्यता पनि रहेको छ।    

'मेरो अन्तिम सेमेस्टरको पढाइ चल्दै छ, जसरी भए पनि मैले जानुनै छ, आफू  जाँदा श्रीमानलाई समेत उतै लिएर जान पाए राम्रो उपचार गराउन सकिने थियो जस्तो लाग्छ। ', श्रीमती घिमिरेले भनिन्।  

गम्भीर दुर्घटना भएता पनी आफुहरुले हरेस भएन नखाएको उनि बताउछिन्।  'जे हुनु त भै हाल्यो, अव जसरि भएपनि वहाँलाई बचाउनु छ, आर्थिक सहयोगको लागि समेत राष्ट्रिय अन्तराष्ट्रिय दाताहरु संग अपिल गरिरहेका छौं।', ममताले भनिन्।  

मोटरसाइकलमा सवार घिमिरेलाई विपरित दिशाबाट आएको यात्रुबाहक बसले विर्तामोडको भगवान चोकमा थिक्कर दिई गम्भीर घाइते बनाएको थियो।  

विर्तामोडको बि. एन्ड. सी. बाट रिफर गरि ललितपुरको मेडी सिटिमा थप उपचार गरिएको  घिमिरेको  हाल साँगु स्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भई रहेको छ। मेडी सिटीमा उपचार पछि स्पाइनल इन्जुरी रिहाब सेन्टरमा थेरापी गराउंदै गर्दा उनको ढाडमा ओछ्याने घाउ देखा परे पछि प्लास्टिक सर्जरी गरि घाउ निदान गर्न चिकित्सककै सल्लाहमा शुष्मा कोइराला मेमोरियल अस्पतालमा शिफ्ट गरिएको बताइएको छ।  

ढाडको घाउमा हाल ड्रेसिङ्ग चलिरहेकोले प्लास्टिक सर्जरी गर्न अझै केहि दिने लाग्ने घिमिरेका भाई सुमन घिमिरेले पर्दाफास प्रतिनिधिलाई बताउनु भएको छ।

 'अस्पतालमै आएर दाजुको स्वास्थ्य बारे चिन्ता प्रकट गरिदिनु भएकोमा  हामीहरु नेता संग्रौला प्रति अत्यन्तै आभारी छौ।', सुमन घिमिरेले भने।  


 

Views: