d

 जंगे पिलर कायम गर्न सुस्ताबासीको  माग, गृहमन्त्रीलाई बुझाए ज्ञापन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नवलपरासी: सुस्ता बचाउ अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्याई जंगे पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार गृहमन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा २०२२ सालदेखि सुस्ता बासीहरूको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गा जमिन प्रमाणपत्र वितरण गर्न माग गरिएको छ । जिल्लाका संविधान सभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालको नेतृत्वमा आएको टोलीले गृहमन्त्री खाणलाई बुझाएको ज्ञापन पत्रमा नेपाल भारतको सिमाना छुट्टयाउन, सुस्ता बासीहरूले जोतभोग गरी आएको जग्गाको लालपूर्जा वितरण गरी राजश्व संकलन गर्ने व्यवस्था मिलाउन, त्यहाँका बासिन्दालाई नागरिकता प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले मागबारे आफू सकारात्मक रहेको भन्दै अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन आग्रह गरे। सीमांकन गर्ने विषय, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाणले बताए ।

Image: Khabarpatro

प्रतिक्रिया दिनुहोस्

Views: