d

साधना लघुवित्तको नाफा ८८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८।३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०।७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८९।२७ प्रतिशत बढेको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफाको वृद्धिदर धेरै देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १८ प्रतिशत बढेको छ भने जगेडा कोष १०६।८९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४८।५८ प्रतिशत र निक्षेप ७१।३३ प्रतिशत बढेको छ भने कर्जा ६९।९५ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसाबाट १९ रुपैयाँ १४ पैसा बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५।८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा रहेको छ। मेरो लगानी

Views: