d

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery


  
मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छिन् ।

वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासकाे मत लिने कार्यसूची थियो । उनले  बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताइन्  ।

शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।  

उनले  राजीनामा दिएसँगै यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको  पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो । 

Views: