d

आइएसको आक्रमणमा परि  इराकमा १० जनाले ज्यान गुमाए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरू १२ जना घाइते भएका छन्। दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरू अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो। 

इराकी राष्ट्रिय सुरक्षा निकायहरूले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरूको खोजी अभियानलाई तीव्र पारेको बताएको छ। गत हप्ता यस प्रान्तमा यहाँका सुरक्षा निकायहरूले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्य मारिएका थिए।  रासस

 

image: Indian express

Views: