d

नक्कली प्रचण्ड गोल्डेन सनराइजमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नक्कली प्रचण्डको नामले चर्चित हास्य अभिनेता घनश्याम गौतमले गौरादह डिपु चोक स्थित गोल्डेन सनराइज मा. वी. मा हास्य प्रहसन प्रस्तुत गरेका छन्।  शुक्रवार बिद्द्यालय प्रांगणमा आयोजित कार्यक्रममा नक्कल्ली प्रचण्ड बनेर उनले बिद्यार्थी माझ प्रहसन प्रस्तुत गरेका हुन्।  

 

May be an image of 11 people, people sitting and people standing

 

प्यारोडी गित र नाचगान बाट बिद्यार्थीहरुलिई पेट मिची मिची हसाएका गौतमले वर्तमान राजनीतिक घटनाक्रम र राजनीतिक विसंगती माथी व्यंगात्मक  प्रहसन गरेका थिए।  

 

May be an image of 3 people, including सान नेपाल and people standing

 

लामो समय देखि विभिन्न चलचित्र, नाटक, प्रहसन तथा टेली चलचित्रमा रसिलो भूमिका देखिने गौतमको जन्म थलो समेत गौरादह हो। जनता मा. वी. गौरादहमा कक्षा ७ सम्मको अध्ययन गरेर बाँकी अध्ययन राजधानी काठमाण्डौमा गरेका गौतमको जन्म घर  गौरादह ४ जोरघरेमा रहेको छ।  

 

May be an image of 2 people, including Ghanashyam Gautam, people standing and outdoors


हाल काठमाण्डौमै स्थायी वसोवास गर्दै आएका गौतमका अर्का सहकर्मी हुन् सुरेश तिमल्सिना।  
हास्य प्रहसनमा गौतम र   तिमल्सिनाको जोडीलाई दर्शकले औधी रुचाएका हुन्छन्।  प्राकृतिक र रसिक अभिनय गर्ने यो जोडीको प्रसतुतीले स्टेज प्रोग्रामहरुमा दर्शकको राम्रो साथ पाउने गरेको छ।  पेट मिची मिची हसाने यो जोडीलाई छुट्टाछुट्टै कार्यक्रममा स्टेज प्रोग्राममा देख्दा पनि दर्शकको उतिनै हाइ हाइ पाइरहेको हुन्छन्।     दर्शक दिर्घामा नक्कली ओली र नक्कली प्रचण्डको हास्य प्रस्तुतीले मुलुकको यथार्थ राजनितीमा समेत बलियो व्यंगात्मक संदेश दिन सफल रहेको पाइन्छ। 

 

May be an image of 1 person, standing and outdoors

 

हास्य प्रस्तुती मार्फत नेताहरुलाई कडा व्यंग प्रहार गर्नुहुन्छ, तपाईंहरु संगको भेटमा ओली र प्रचण्डको भनाई के पाउनु हुन्छ ? भन्ने पर्दाफास प्रतिनिधिको जिज्ञासामा गौतम भन्छन्, 'प्रचण्डले मेरो भूमिका असाध्यै मनपराउनु हुन्छ, तपाईंको प्रस्तुती अत्यन्तै रमाइलो र राजनीतिक विश्लेसणात्मकमा प्रकृतिमा आधारित हुन्छ भनेर वहाँले प्रसंसा गर्ने गर्नुभएको छ।' सुरेशको भूमिकालाई पनि ओली जी ले निकै महत्व साथ लिने गर्नु भएको हुन्छ। ', गौतमले भने।  

 

May be an image of 6 people, people standing and people sitting


 

जनता मा. वी. मै बाल्यकालमा अध्ययन गरेका गौतमले गौरादहमा रहदा गौतमले पुर्व विद्यार्थीद्वारा आयोजना गर्न लागिको अन्तर-पालिका स्तरिय भलिवल प्रतियोगिताका मिटिंग, बैठकहरुमा समेत सहभागिता जनाएका थिए ।  

Views: