d

प्रचण्डको नीति देश बर्बाद गर्ने हो  : ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नीति देश बर्बाद गर्ने भएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलाम, महाअभियोग रहेको बताएका हुन्। उनले भने, ‘यस भित्र के रचनात्मक कुरा छ र ? एमालेमा आउँदा सपारियला कि भनेको सकिएन।’

१० बुँदेको कार्यान्वयन गर्छौं, जेठ २ मा फर्किन पनि तयार छौं

ओलीले १० बुँदे कार्यान्वयन रचनात्मक ढंगले गरिने बताए। उनले पार्टी एकताका लागि १० बुँदेको कार्यान्वयन गर्ने स्पष्ट पारे। ‘मुख्य कुरा पार्टी एकता हो। १० बुँदेको कार्यान्वयन रचनात्मक ढंगले कार्यान्वयन गर्छौ। १० बुँदे माधव नेपाललाई जान नदिन बनेको थियो। तर, माधव नेपालले मानेनन्। माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो। घर बनाइयो। आराम गर्नका लागि सोफाहरु बनाइयो। तपाइहरुले सुन्नुभयो होलानी १० बुँदे। यी सबै कुरा माधव नेपालका लागि बनेका थिए। फर्किने ठाउँ चाहियो भनेर १० बुँदे बनाइयो। तर, उनले मानेनन्।’ ओलीले भने, ‘हामी १० बुँदेको कार्यान्वयन गर्छौं। र, अगाडि बढ्छौं। मुख्य उद्देश्य एकता हो। एकताको आवश्कयता अनुसार जेठ २ मा पनि फर्किन तयार छौं। ’ उनले समझदारीमै एकता गरिने बताए।

ओलीले एमाले बिगार्न माधव नेपाल कुदेका स्पष्ट पारे।‘ बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्। एमालेलाई कसैले मास्न सकेन। ’ उनले राणा शासनले समेत एमाले बिगार्न नसकेको दाबी गरे।

Views: