d

कांग्रेससँग सहकार्य  कठिन : उपेन्द्र यादव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।
शनिबार जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् । कांग्रेससँग विकृतिबाहेक केही नभएको उनको भनाइ छ ।
उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिईकन आफूनिकट व्यक्ति मात्र भर्ती गरेको आरोप लगाए । यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने पनि बताए । अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सांस्कृतिक र सामाजिक परिवर्तन जरुरी रहेको धारणा उनले राखे ।

Views: