d

सुनवर्षिका किसानहरुलाई कृषि सामाग्री वितरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिराटनगर।  मोरङको सुनवर्षि नगरपालिका कृषि बिकास शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुनवर्षि नगरपालिकाका किसानहरुलाई सिचाई मोटर ,होन्डा पम्पसेट, साना मेसनरि औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर )  मकै छोडाउने उपकरण (कर्नसेलर) लगायतको सामाग्री नगरपालिकाको किसानलाई बितरण गरेको  कृषि बिकास शाखाका प्रमुख नरेश कुमार साहले बताएका छन् । 

 

No description available.

 

उनका अनुसार सुनवर्षि नगरपालिकाको बिभिन्न वडाका किसानहरुलाई उक्त कृषी सामाग्री बितरण गरिएको हो ।५०% अनुदानमा सिचाई मोटर ४२ थान ,५०% अनुदानमै होन्डा पम्पसेट ३७ थान र साना मेसनरी औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर ) ५६ थान तथा मकै छोडाउने उपकरण (कर्नसेलर ) ३३ थान बितरण गरिएको हो ।


बितरण कार्यक्रममा सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दास, वडा न -९ का वडाअध्यक्ष कमलकिशोर सिंह , वडा न -६ का वडाअध्यक्ष तेज नारायण ताजपुरिया ,कृषि प्राबिधिक मेलिना कार्कि लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै सुनवर्षि नगरपालिकाको किसानहरुकोलागि हामिले थप कार्यक्रमहरु ल्याएका छौ र हामिले किसानहरुको योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दासले बताए।

 निवेदन दिएका कृषक समूह , कृषि फर्म तथा ब्यवसायिक कृषकहरु प्राथमिकताको आधारमा छनौट गरेको कृषि बिकास शाखाका प्रमुख नरेश  कुमार साहले बताए।  हामिले हाम्रो नगरपालिकाको किसानको आवश्यकतालाई मध्यनजर गर्दै हाम्रो कार्यक्रमहरु गर्ने तथा थप योजना बनाएर अगाडी बढ्ने योजना रहेको उनले बताए।

 

No description available.

Views: