d

प्रधानन्यायाधीश जबराले पठाए सम्मानजनक निकासको प्रस्ताव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलनरत न्यायाधीशसँग सम्मानजनक निकासको प्रस्ताव गरेका छन्। न्यायाधीश मनोजकुमार शर्मामार्फत उनले यस्तो प्रस्ताव पठाएका हुन्। आइतबार पनि न्यायाधीशहरू छलफलमै रहेका थिए। गत आइतबारको चिया समयपछि न्यायाधीशहरू इजलास बहिस्कार गरेर छलफलमा छन्। एक हप्तादेखि प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशको इजलास बस्न सकेको छैन।

सर्वोच्चका न्यायाधीशसहित नेपाल बारले पनि जबराको राजीनामा मागेपछि उनी दबाबमा छन्। पदबाट राजीनामा नदिने बताउँदै आएका जबराले शर्मामार्फत उक्त प्रस्ताव पठाएपछि न्यायाधीशहरूले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल प्रधान र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे बुझ्न जिम्मा दिएका छन्।

Views: