d

प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरूको तीनसदस्यीय वार्ता टोली गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्ता गर्न तीनसदस्यीय टोली गठन गरेका छन्। आज बसेको न्यायाधीशहरूको आन्तरिक छलफलबाट समिति गठन गरिएको एक न्यायाधीशले जानकारी दिए। ती न्यायाधीशका अनुसार  न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति बनाइएको हो।

वार्ता समितिमा रहेका अहिले प्रधानन्यायाधीशसँगको छलफलका लागि जबराको च्याम्बरमा पुगेक छन्। न्यायाधीशहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए । तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए । त्यसयता न्यायाधीशहरू इजलासमा फर्किएका छैनन्।

ती न्याायाधीशले प्रधानन्यायाधीशसँगको छलफलपछि सामूहिक छलफल गरिने जानकारी दिए। न्यायाधीशहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए । तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए । त्यसयता न्यायाधीशहरू इजलासमा  फर्किएका छैनन्।

Views: