d

पहिलोपटक सार्वजनिक रूपमा देखापरे तालिबानका सर्वोच्च नेता हैबतुल्लाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक रूपमा देखापरेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन्। अखुन्दजादाले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका बताइएको छ।
 
अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए। अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रूपमा देखापरेका थिएनन्।  

तालिबान सरकारमा उनको भूमिकाबारे अनुमान लगाइएको छ। यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो। तालिबान अधिकारीहरूका अनुसार शनिबार उनले दारुल उलुम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु  चेलाहरूसँग कुरा गरेका थिए।

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो। रासस

Views: