d

नीर शाहको स्वरमा डायनासोरले दियो राष्ट्रसंघमा सन्देश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रसंघको महासभा बैठक चल्दै थियो। विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै थिए।

 

डाइनोसर बोलेको सुन्न यहाँ क्लिक गर्नुहोस https://youtu.be/WeVi9Z_-Qck

 


त्यही बेला बैठक कक्षमा अस्वाभाविक रूपले एउटा पाहुनाको आगमन हुन्छ।

बिनानिम्तो बैठक कक्ष छिरेको त्यो पाहुनालाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन्। कोही डरले कालोनीलो हुन्छन्। कोही त फर्की फर्की पनि हेर्छन्।

त्यो पाहुना ढोकाबाट छिरेर कसैको वास्ता नगरी सरासर अगाडि मञ्चमा पुग्छ र माइकमा आफ्नो कब्जामा जमाउँछ।


ऊ अरू कोही होइन, ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोर हो।

राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरेको भिडिओ हो यो। जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले यो चेतनामूलक भिडिओ तयार पारेको हो।

कोप–२६ को मुखमा सार्वजनिक साढे दुई मिनेटको यो भिडिओले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ। यसैबीच युएनडिपी नेपाल नियोगले पनि उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।

यो समाचार सेतोपाटीबाट लिईएको हो 

Views: