d

भगवान् रामको जन्मभूमि अयोध्यापुरी नै हो : ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

चितवन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको फेरि दाबी गरेका छन् । यसअघि गत वर्ष ओली पहिलो पटक भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी रहेको बताएका थिए ।
चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजाअर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।
रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकीर गरे ।
माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँकोबारेमा बताएको जानकारी दिए ।

Views: