d

एमाले गौरादह: काफ्लेको नेतृत्वमा ७५ सदस्यीय गौरादह नगर समिति घोषणा (नामावली सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेकपा एमाले गौरादह नगर अध्यक्षमा मित्रदेव काफ्ले सम्मत रुपमा निर्वाचित भएका छन्।  नगर कमिटिका पदाधिकारी सहित सम्पूर्ण पदमा सर्वसम्मत रुपमा ७५ सदस्यीय नगर समिति घोषणा गरिएको हो।  

नव घोषित कार्यसमितिको उपाध्यक्षमा गजेन्द्र घिमिरे, सचिव जीवन कार्की, उपसचिव प्रकाश पराजुली, उपसचिव उपेन्द्र निरौला रहेका छन्।  

त्यसै गरि सदस्यहरुमा अशोक फुयाल, नगेन्द्र कार्की, मात्रिका भट्टराई, डिल्ली काफ्ले, श्याम दाहाल, शिव प्रसाद दाहाल, भिम बिजय बाँस्तोला, भोला कुमार राउत, चेत बहादुर थापा, नार्यायाँ कुमार आचार्य, फडिन्द्र धमला, दिनेश ढकाल, राम प्रसाद संग्रौला, डम्बर बहादुर कार्की, हरि प्रसाद घिमिरे, डम्बर नेउपाने, जय राम सापकोटा, भवानी प्रसाद पाठक, देवेन्द्र सिवाकोटी, गायत्री प्रसाद रेग्मी, गुणराज बस्नेत, टेक बहादुर बस्नेत, टंक उप्रेती, युवराज खतिवडा, गोबिन्द पोख्रेल, पंकजा भण्डारी (पुनम), हिमा कुमारी चम्लागाई, जलवर्षा राजबंशी, शारदा बिमली, अनिता कार्की कट्ट्वाल, योगमाया अधिकारी, सिता कार्की, गोमा देवी चेम्जोङ्ग, अम्बिका अधिकारी, यसोदा कोइराला भण्डारी, सिता खनाल, रिता खरेल, पार्वती ताजपुरिया, यसोदा दाहाल, धनकुमारी पराजुली लोहनी, मेनुका खतिवडा काफ्ले, रुद्र बहादुर खड्का, नारायण प्रसाद घिमिरे, चिन्तामणि काफ्ले, झरेन्द्र खतिवडा, केशब ओडारी, जीवराज कार्की, गङ्गा राम दुलाल, राम कुमार अधिकारी, जीवन प्रसाद पोख्रेल, अन्जु निरौला, मंजु अधिकारी पौडेल, गोमा देवी पोख्रेल, बिनिता कटवाल सापकोटा, भागीरथा भुजेल, मंजु पौडेल, दुर्गा लुइँटेल, सिता माया गुरुङ, सरिता ढकाल, निर्मला बाँस्तोला सुब्बा, भिम श्रेष्ठ, सुर्य नेम्मांग, नरेन्द्र ओनेम फागो, देवी प्रसाद गनगाई, योगेश परियार, डम्बर बिक, एकराज घिमिरे, विपिन ओझा, कमल पौडेल, विनोद अधिकारी रहेका छन्। 

यस अघि समेत नगर अध्यक्षको जिम्मेवारी लिईसकेका काफ्लेको यो दोश्रो कार्यकाल हो।  अध्यक्ष पदमा पुन: निर्वाचित भए संगै काफ्लेले पार्टीको मुख्य मिसन संगठन सुध्रिकरणमै केन्द्रित रहने बताएका छन् ।   

पर्दाफास संग छोटो टेलिफोन कुराकानी गर्दै काफ्लेले नगरको विकास निर्माणमा समेत गम्भीर भएर अगाडी बढ्ने बताए।

 'संगठन केन्द्रित कार्यक्रमनै पार्टीको प्रमुख दायित्त्व हो। अधुरा विकाश निर्माणका कार्यहरुमा समेत हामी उतिनै सक्रिय भएर लाग्ने छौं। ', काफ्लेले भने।    

स्थानिय निर्वाचन पनि नजिकिदैं छ, पार्टी भित्र चुनावी सरगर्मी कस्तो छ भन्ने जिज्ञासामा नव निर्वाचित अध्यक्ष काफ्ले भन्छन् , 'अहिले हामि चुनावी बहसमा पुगेका छैनौ, राष्ट्रिय राजनीतिकै आधारमा त्यस तर्फ केन्द्रित हुनुपर्ला।'

बाहिर हल्ला भए जस्तो स्थानीय निर्बाचनमा मेयरको टिकट कसलाई दिने पार्टी भित्र  बहस नभएको उनले स्पष्ट पारेका छन्।   

'मेयरको उम्मदेवार मात्र होइन कसैलाई पनि उम्मेदवार बनाउने भनेर कुरा भएको छैन', काफ्लेले भने।  

 

Views: