d

राप्रपा नेत्री बजगाईंको उदाहरणीय कार्य: जन्मदिनमा बाल उद्दार केन्द्रलाई ११ हजार सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर नगर अध्यक्ष सबिना बजगाईंले आफ्नो जन्म दिनको अवसरमा नगर भित्र रहेर सामाजिक कार्यमा सक्रिय रहेको एउटा संस्थालाई  नगद सहयोग गर्नु भएको छ।  स्थानिय जागृत बाल उद्दार केन्द्रलाई नगद ११ हजार सहयोग गरेका नगर अध्यक्ष बजगाईंले आफ्नो जन्मदिनलाई उदाहरणिय बनाउंदै मनाउनु भएको हो।  

जन्मोत्सव मनाउन समेत पश्चिमा संस्कृतीको सहारा लिनु परेको र यस्तो प्रवित्तीले सामाजिक विकृति समेत निम्त्याउन थालेको बजगाईंले बताउनु भयो। 

  'केहि नयाँ काम गरौँ भन्ने उद्देश्यले यो पटक जागृत बाल उद्दार केन्द्रलाई आर्थिक सहयोग गरेको छु।', पर्दाफास डट कम संगको छोटो कुराकानीमा बजगाईंले बताउनु भयो।   

Views: