d

राप्रपा महाधिवेशन: यस्ता छन् लिङ्देन अध्यक्ष बन्ने आधार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

झापा: राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा राप्रपाको नयाँ नेतृत्व कसले पाउला भन्ने विषयमा समेत बहस सुरु भएको छ।  राष्ट्रियताको रक्षा  र प्रजातन्त्रको दिगो विकासकालागि संघीयता खारेजीको मुद्दामा अभियान चलाएका राजेन्द्र लिङ्गदेन भावी अध्यक्षको जिम्मेवारी सम्हाल्ने घोषणा गरेपछि राप्रपा भित्र नेतृत्वको बहसले थप चर्चा पाउन थालेको हो।  

राजसंस्था र हिन्दुराष्ट्रको उपस्थितिले मात्र यो देश एकताबद्ध रहनसक्छ भन्ने विचार बोकेर मेची महाकाली दौडाहामा लागेका लिंग्देंनले पार्टीलाई सहि ढंगले अगाडी बढाउन  सक्छन् भन्ने विश्वास समेत बढ्दै गएको पाइन्छ।  

हाल राप्रपा भित्र त्रिपक्षीय सक्ति सन्तुलित छ।  २०४६ सालमा स्थापना गरिएको राप्रपा पटक पटक फुटेर टुक्रा टुक्रामा परिणत हुँदै गएको यसको इतिहास छ।  नेतृत्वतहको  होडबाजी र पद लोलुपताकै कारण पटक पटक पार्टी खण्डित भएको कार्यकर्ताले आरोप लगाउंदै आएका छन्।  पछिल्लो समय तिन वटा दलको एकता गरेर राप्रपा सिंगो पार्टी त बनेको छ यद्दपी नेतृत्व माथि कार्यकर्ताले सहज विश्वास भने अझै गर्न सकेका छैनन्।  स्थापानाकाल देखिनै संसदमा बलियो प्रकड़ जमाउदै आएको राप्रपा गणतान्त्रिक संविधान घोषणा पश्चात भएको आम निर्वाचनमा नमिठो पराजय भोग्न बाध्य भयो।  पार्टीका एक मात्र नेता राजेन्द्र लिङ्गदेन झापाको क्षेत्र न ३ बाट विजयी हुँदै संसदमा एक्लो प्रतिनिधि बन्न पुगे भने पार्टी खुम्चिएर क्षेत्रीय पार्टीको आकार लिन पुग्यो।  

पछिल्ला घटनाक्रम बाट पाठ सिकेर पुन: फुटको विन्दुमा पुर्याउन दिनु नहुने कार्यक्रताको भावनालाई कदर गर्न एक मात्र विकल्प राजेन्द्र लिंग्देंननै  हुन् भन्ने चर्चा राजनीतिक वृत्तमा उत्तिकै छ।  मुख्य राजनीतिक दलहरु संग जनता उदासिन बनेको बेला राप्रपा राष्ट्रिय राजनीतिको मुख्य दलको रुपमा उदाउला की भन्ने कार्यकर्ताको आकांक्षालाई स्वयम् केन्द्रिय नेतृत्वमा रहने नेताहरुले दिन सकेको पाइदैन।  तिन अध्यक्ष मध्येका बलिया मानिदै आएका कमल थापाले समेत आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टीको रुपमा मात्र पुग्ने बताउदै आएका छन्।  उनकै पद लोलुपताका कारणले क्षेत्रीय पार्टीको रुपमा सिमित रहन पुगेको आरोप खेपेका थापामाथि कार्यकर्ताले लगाएको आरोपको खण्डन गर्ने वा आगामी दिनमा उल्लेख्य सांसद सहितको बलियो पार्टी बनाउने आधार यस्ता छन् भनेर विश्वासिलो वातावरण बनाउन सकेको समेत पाइदैन।  

एक केन्द्रिय नेताले पर्दाफास संग कुरा गर्दै भने, 'कमल थापाले पार्टीलाई बलियो बनाउन सक्लान भन्ने विश्वास कतै बाट पनि देखिएको छैन, कार्यकर्ताको भावना समेट्ने गरि एउटा पनि कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन। '

उनि भन्छन्, 'पार्टी बलियो हुनु भन्दा फेरी फुट्ला की भन्ने पिर पनि पर्न थालेको छ, पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तनको विकल्प पनि छैन।'
कमल थापाको विश्वास पात्र रहेका उनले स्वयम् कमल थापा पनि अरुको हातमा नेतृत्व जानु भन्दा राजेन्द्र लिङ्गदेनलाईनै भावी अध्यक्ष स्वीकार गरेर जाने मनस्थितिमा पुगिसकेको खुलासा गरेका छन्।  

'महाधिवेशनमा निर्वाचनमै जाने सम्भावना बढेर गएको खण्डमा अध्यक्ष द्वय प्रकाशचन्द्र लोहनी र पशुपति शम्सेरले कमल थापालाई  अध्यक्ष स्विकार्लान भन्ने  सम्भावाना पनि छैन। यस्तो परिस्थितिमा कमल थापाकै विश्वास पात्र मानिने लिङ्गदेन र थापा विच प्रतिस्पर्धा  हुँदा  अध्यक्ष पद लोहनी र शमसेर मध्ये एक जनाको पोल्टामा नजाला भन्न सकिदैन।' उनले विश्लेषण गर्दै भने ।

पछिल्लो समय राप्रपा ईतर र भीतरको राजनीतिक वृत्तमा लिंग्देंनको चर्चा बलियो रुपमा चुलिदै गएको छ, उनले राजसंस्थाको पक्षमा सडकमा रहेको एउटा निकै ठुलो समूहको नेतृत्व गर्छन् भन्ने विश्वास समेत जनमानसमा बढ्दै गएको राजनीतिक परिस्थिति छ।  राज  संस्थालाई मान्ने तर सोहि मुद्दा बोकेर संघर्ष गरिरहेको राप्रपामा जनविश्वास घट्दै जानुमा लिङ्गदेन निकै गम्भीर देखिन्छन्।  जवसम्म राजसंस्थाका पक्षधरलाई समेटेर बलियो मोर्चा बनाउन सकिदैन तवसम्म संघीयता खारेजी र हिन्दुराष्ट्र सहितको राजसंस्थाको मुद्दालाई स्थापित गर्न नसकिने धारणा उनले पटक पटक व्यक्त गर्दै आएका छन्।  

दरवारको पक्षमा सडक संघर्षमा देखिएका संगठनहरुको नेतृत्व समेत लिंग्देंनलेनै गर्न सक्ने र राप्रपाका अन्य नेता भन्दा विश्वाशिलो नेताको रुपमा लिंग्देंनको चर्चा चुलिएकोले पनि अध्यक्षको जिम्मेवारी लिंग्देंनलाईनै दिनु पर्ने  राप्रपा भित्र बहस चल्न थालेको पाइन्छ।  

त्यसो त राजावादी संगठनमा आवद्द कुनै पनि व्यक्तिको नाम लिने बित्तिकै राप्रपाका पहिलो पुस्ताक नेताले त्यसलाई सहि रुपमा लिन मान्दैनन् , राजसंस्थाको पक्षमा वकालत गर्ने तर राप्रपालाई नमान्नेहरुलाई केवल भिडको मात्र संज्ञा दिन पछि पर्दैनन् उनीहरु। त्यसको ठिक विपरित नेता लिङ्गदेनले पटक पटक स्टेज बाट भन्ने गरेका छन्, 'सबै राजसंस्थाका पक्षधरहरुको  भावनालाई कदर गरौँ। ' उनको यहि उदार विचारकै कारणबाट पनि राप्रपा  भित्र र बाहिर बाट अध्यक्ष पदमा उनको आवश्यकता महसुस हुन थालेको पाइन्छ।  

यो पनि पढ्नुहोस www.pardaphas.com/single.php?id=5902
 

Views: