d

बैकर्स संघकाे अध्यक्षमा अनिलकुमार उपाध्यायको मात्र उम्मेदवारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको मात्रै उम्मेदवारी परेको छ ।

एक्लो उम्मेदवारी परेसँगै बैंकर्स संघको आगामी कार्यकालको नेतृत्व उपाध्यायले नै गर्ने निश्चित जस्तै भएको छ । अन्य अवस्था नआएको खण्डमा उनी सरकारी बैंकको प्रतिनिधित्व गर्दै बैंकर्स संघको अध्यक्ष बन्ने पहिलो सीइओ हुनेछन् । अध्यक्षको दावेदारको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई पनि हेरिएको थियो । उनले अन्तिम समयसम्म पनि उम्मेदवारी दिएनन् ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताइसकेका उपाध्याय हाल बैंकर्स संघको उपाध्यक्ष हुन्। बैंकर्स संघको आगामी कार्यसमितिका लागि मंगलबार मतदान हुँदैछ।

Views: