d

मेरो उम्मेद्वारी पार्टीलाई सांगठानिक रुपमा बलियो बनाउनकै लागि हो - विष्णु कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिष्णु कार्की झापाका स्थापित व्यवसायी हुनुहुन्छ । कमल गाउँ पालिका वडा नं. १ मा वहाँको A1 इटा उद्योग सन्चालनमा छ । २०४२ साल देखि नेपाल बिद्यार्थी संघमा आवद्ध भई  लामो  राजनीतिक यात्रा पार गरिसक्नु भएका कार्कीले २०४६ सालको जनआन्दोलनमा झापामा सशक्त र नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका कार्की नेपाली कांग्रेसको गत महाधिवेशनमा कमल १ बाट क्षेत्रीय प्रतिनिधिको रूपमा निर्वाचित हुनुहुन्थ्यो ।  वहाँ खरो, तार्किक र त्यागी नेताको रूपमा समेत चिनिनु हुन्छ ।  त्याग र निष्ठापूर्ण राजनीतिकै कारण हरेक व्यक्ति वा समुदायले सम्मान गर्ने नाम हो विष्णु कार्की।   सामाजिक कार्यमा हमेसा अग्रपंक्तिमा देखिनुहुने कार्की कोरोनाको विश्वव्यापी महामारी, २०७२ को महाभुकम्प तथा बर्सेनि आइपर्ने बाढीपहिरो र प्राकृतिक विपत्तिमा मानवीय उद्दार र सेवामा पूर्ण जिम्मेवारी साथ क्रियाशील रहदै आउनुभएको पाइन्छ ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा वहाँले झापा क्षेत्र नं. ५ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि  उम्मेदवारी दिनु भएको छ । प्रस्तुत छ यसै विषयमा पर्दाफास प्रतिनिधि संग  गर्नुभएको कुराकानीको सम्पादित अंश:

 

केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिनुभएको छ, तपाईंलाई बिजयी गराउनुपर्ने कारण के के छन् ?

म नेपाली कांग्रेसको पुरानो र जिम्मेवार कार्यकर्ता भएको नाताले केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएको छु ।  जीवनमा कहिले पनि कुनै पदको लागि कुदिन । यो पटकको मेरो उम्मेदवारीले नेपाली कांग्रेसलाई सांगठनिक रूपमा मजबुत गराउने भुमिका निर्वाह गर्ने आत्मविश्वास साथ अगाडी बढेको छु ।


तपाईंलाई जिताउनै पर्ने आधार चाहिँ के छन् ?

मेरो राजनीतिक यात्रा पन्चायतकाल देखि शुरु भएको हो । राजनीति भनेको व्यवसाय होइन यो त समाजसेवाको विकसित रुप हो । वर्तमान राजनीतिलाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस हुँदै गएको छ । बिपीको आदर्शलाई लिएर राजनीतिक यात्रा शुरु गरेको थिएँ र आजपनी त्यही बिचारलाई बोकेर हिडेको छु र भोलिको मेरो मिसन पनि त्यही हुनेछ ।

 

मुख्य प्रस्तिश्पर्धा को संग छ ?

झापा ५ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा  २८/२९ जनाको उम्मेद्वारी परेको होला।  प्रस्तिस्पर्धा को संग भन्नु भन्दा पनि जिम्मेवारी कसले राम्रो संग बहन गर्न सक्छ भन्ने नै हो र मैले पार्टी भित्र गरेको लामो राजनीतिक योगदानलाई समिक्षा गरियोस भन्नेनै साथीभाई संग मेरो मुख्य अपिल हो।  

 

सबै नेताहरू चुनाव जितेर केन्द्रमा राजनीति लाभकै लागि धाउने गर्दछ्न् ।  यसमा तपाईंको भनाइ के छ ?

सहि प्रश्न उठान गर्नुभएको छ । वर्तमान राजनीति पनि त्यस्तै छ । चाप्लुसी र चाकडीवाद हावी हुँदैगएको छ । चाकडी र चाप्लुसीको म भयंकर विरोधी मान्छे हो । सकृय राजनीति गरेको ४० वर्ष पुग्यो ।  अहिलेसम्म एकदिन छुट्टी पनि लिएको छैन र पार्टीको सिद्धान्त र आदर्शलाई बोकेर हिडेको हिडेकै छु । म संगैका साथीहरू निकै माथि पुगिसकेका छन् तर मलाई त गाउँघरमा बसेर सामाजिक सेवा गर्नै रमाइलो लाग्छ । दिन दुखीको सेवा गर्दा मात्र राजनीतिक उद्देश्य प्राप्ति भएको जस्तो लाग्छ । त्यसो त नेपाली कांग्रेस भित्र आदर्शको राजनीति गर्ने व्यक्तिहरु धेरैनै हुनुहुन्छ । एकाध व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्छन् होला तर नेपाली कांग्रेसको सिद्धान्त र आदर्शकै जगमा अहिले पनि सिंगो नेपाली राष्ट्र अगाडी बढिरहेको छ ।

 

उद्द्यम व्यवसायी भएपछी आफ्नो व्यवसाय प्रति समय दिनु अपरिहार्य रहन्छ तर म त भन्छु वेरोजगार व्यक्तिले राजनीति गर्ने नै होइन, उसले त परिवारको लागि काम गर्ने हो।  सबै राजनीतिकर्मीहरुले कुनै न कुनै व्यवसाय अपनाउने हो भने यो मुलुकको कायपलट हुन्छ।  रोजगारीको वातावरण सृजना गर्न सकिन्छ।  मुलुकलाई दिगो विकासमा लैजान  कोशेढुङ्गा सावित हुनेछ। मैले आफ्नो व्यवसायमा भन्दा बढी समय कांग्रेस राजनीतिमा खर्च गरेको छु यो विषयमा मलाइ भन्दा बढी जानकारी पार्टीका साथीभाइलाई नै छ।    

 

मुख्य राजनीतिक लक्ष चाहिँ के हो ?

 

मलाई राम्रोसँग चिन्नेहरुले समाजसेवी भनेरनै चिन्छन् । राजनीति र समाजसेवा एक आपसमा परिपुरक हुन्छन् । समाजसेवा नगर्ने व्यक्तिले राजनीति नगरेकै राम्रो हो भन्ने मेरो बुझाई छ । आफुले कमाएको पैसाको ५/१० प्रतिशत अंश समाजसेवामा नलगाउने नेता र दिनदुखीको सेवा नगर्ने नेताले यो देशलाई केही दिन सक्दैन, विपीको आदर्शलाई मानेर अगाडी बढ्नुनै मेरो मुख्य राजनीतिक लक्ष हो । वास्तवमा मानव जीवन अमुल्य रहन्छ, गरिव असहाय दीनदुखीको सेवामा गर्नु, पार्टीका तल्लो तहमा रहेर सेवा गर्ने तर हातमुख जोड्न धौ धौ परेका साथीभाइलाई आर्थिक सहयोग गर्नुनै मुख्य कर्तब्य सम्झेको पनि छु।  कमाईको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्चदै पनि आएको छु र यो कार्य मेरो जीवनभर निरन्तर रहने पनि छ। 

मैले राजनीति गरेको ४० वर्ष पुगिसक्दा पनि जहाँको त्यही छु तर पनि म उति नै सक्रिय पनि छु । नैतिक जिम्मेवारीबाट पछि हटेको कुनै घटना पनि छैन।  मैले मेरो समयमा धेरै साथीभाइलाई माथी उकास्ने प्रयास गरें, धेरै युवाहरूलाई पार्टीका जिम्मेवार तहमा राख्ने ईमानदार प्रयास गरेको छु,  जिम्मेवारी बाट म कहिल्यै पछि हट्ने छैन । हामी जस्ता कार्यकर्ताको भुमिकानै पार्टी बनाउने हो, सक्षम र ईमानदार कार्यकर्ताको कदर गर्दै सांगठनिक रूपमा पार्टीलाई बलियो र जीवन्त बनाउने हो ।

 

यो पनि पढ्नुहोस  को हुन् विष्णु कार्की ?

 

त्यसो भए पदमा नबसे पनि राजनीति गर्न सकिन्छ नी होइन र ?

हो नी किन नहुनु? ४० वर्ष लामो राजनीतिक यात्रामा मैले कहिले पनि पद खोजिन । राजनीति भनेको सेवा हो र सेवागर्न पद चाहिदैन । राजनीति गरेको पनि धेरै भयो, आफु माथिल्लो तहमा पुग्दा साथीभाइ र तल्लो तहमा बसेर कामगर्नु ईमानदार कार्यकर्ताको आवाजको प्रतिनिधित्व गर्न पनि मैले यो पटक केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएको छु र मेरो उम्मेद्वारी  निश्वार्थ राजनितिले पार्टीलाई कसरी गतिशीलता प्रदान गर्न सक्छ भन्ने उदाहरण दिनकै लागि हो।

 

 

आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ, पार्टीलाई कसरी समय दिन सक्नुहुन्छ ?

विल्कुल गलत, नेपाली राजनीतिमा यहि विषय सबै भन्दा गम्भीर छ।   उद्द्यम व्यवसायी भएपछी आफ्नो व्यवसाय प्रति समय दिनु अपरिहार्य रहन्छ तर म त भन्छु वेरोजगार व्यक्तिले राजनीति गर्ने नै होइन, उसले त परिवारको लागि काम गर्ने हो।  सबै राजनीतिकर्मीहरुले कुनै न कुनै व्यवसाय अपनाउने हो भने यो मुलुकको कायपलट हुन्छ।  रोजगारीको वातावरण सृजना गर्न सकिन्छ।  मुलुकलाई दिगो विकासमा लैजान  कोशेढुङ्गा सावित हुनेछ। मैले आफ्नो व्यवसायमा भन्दा बढी समय कांग्रेस राजनीतिमा खर्च गरेको छु यो विषयमा मलाइ भन्दा बढी जानकारी पार्टीका साथीभाइलाई नै छ।    

 

पछिल्लो राष्ट्रिय राजनीति स्थितिलाई कसरी हेर्नुभएको छ ?

हामी लोकतन्त्रको संस्थागत विकासकै क्रममा छौँ । केही राजनीतिज्ञको व्यक्तिगत स्वार्थका कारण सिंगो राजनीतिक परिवर्तनमाथी प्रश्न चिन्ह खडा भएको छ जून अत्यन्तै दु:खद छ यद्यपि हाल हाम्रै पार्टीको नेतृत्वमा सरकार गठन भएको छ ।  राष्ट्रलाई अप्ठ्यारो परेकै बेला नेपाली कांग्रेसको जन्म भएको हो र अहिले पनि कांग्रेसलेनै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी बहन गरेको छ ।


अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त मेरा बिचार व्यक्त गर्ने मौका प्रदान गर्नुभएकोमा यस लोकप्रिय सञ्चार गृह पर्दाफास मिडिया प्रा. लि. मार्फत संचालित अनलाइन सञ्चार माध्यम पर्दाफास डट कम प्रति आभार व्यक्त गर्दछु । अहिले हामी १४ औं महाधिवेशनको क्रममा छौँ । पार्टीलाई अहिले निश्वार्थ असल, ईमानदार र सकृय भुमिकामा रहेका व्यक्तिलाई जिताएर पठाउनु आजको हाम्रो आवस्यकता हो । मैले यो पटक केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर जाने बिचार लिएर झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएको छु र तपाईंको एक अमुल्य मतको पर्खाइमा पनि छु । लामो राजनीतिक पथबाट मैले सिकेका कुरा, भोलिको बलियो नेपाली कांग्रेस निर्माण गर्न मैले खेल्नुपर्ने भुमिका प्रती म अत्यन्तै संवेदनशील छु । एक पटक मौका प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा एवम् विश्वासका साथ चलिरहेको चाड पर्व शुभ दिपावली, आउदै गरेको महान पर्व छैट र ठुली एकादशीको अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु । धन्यवाद

Views: