d

पार्टी संगठनलाई बलियो बनाउनकै लागि मैले सचिब पदमा उम्मेद्वारी दिएको छु - लय बराल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेविसंघबाट २०४७ सालमा राजनीतिक यात्रा शुरु गरेका लय बराल हाल नेपाली कांग्रेसको सकृय राजनीतिमा हुनुहुन्छ ।  राष्ट्र, राष्ट्रियता,  प्रजातन्त्र,  लोकतन्त्र र समाजवादको  मुल मर्म बोकेको नेपाली कांग्रेस पार्टीनै एकमात्र विकल्प  रहेकोे बताउने बरालले नेपाली कांग्रेसको  आसन्न १४ औं  महाधिवेशनमा झापा  जिल्ला निर्वाचन क्षेत्र नं. ५ 'क' को सचिव पदमा उम्मेदवारी दिनुभएको छ । प्रस्तुत छ यसै बिषयमा नेता बराल संग पर्दाफास सम्बादाताले गरेको कुराकानीको सम्पादित अंश:

 

तपाईंको उम्मेदवारी के का लागि ? 

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संस्थागत बिकासमा दिलो ज्यान दिएर लागेको मुलुकको सबभन्दा बलियो पार्टीमा बलियो संगठन निर्माण गर्न लागिपर्ने उद्देश्यले मैले पनि प्रदेश 'क' सचिव पदमा उम्मेदवारी दिएको छु । 

 

नेपाली कांग्रेस भित्र पनि २ धार स्पष्ट रूपमा देखिएको छ, तपाईं संस्थापन पक्ष कि परिवर्तनको पक्षधर ?

नेपाली कांग्रेसमा दुई धार भएको कुरा विलकुल सत्य हो । हामी पार्टीलाई बलियो बनाएर लैजाने पक्षको संगठित कार्यकर्ता हौ ।

 

तपाईंले जितेर के गर्ने उद्देश्य लिनुभएको छ ?

पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउदै आगामी संघीय, प्रदेश र स्थानिय निर्वाचनमा झापा क्षेत्र न ५ मा नेपाली कांग्रेसको पक्षमा नतिजा ल्याउनु मेरो प्रमुख उद्देश्य रहने छ साथै अर्को संदेश पनि हामीले दिन सक्नुपर्ने छ।  नयाँ क्रियाशील मध्येबाट नयाँ नेतृत्व पनि नेपाली कांग्रेसको गहना हो भन्ने चित्रण गराउन सकियो भने भोलीका दिनमा नेपाली कांग्रेसमा नयाँ उर्जा र नयाँ शक्तीको सम्मान हुन्छ भन्ने प्रमाणित गराउन सक्दा पार्टीलाई एउटा भिन्नै लोकप्रियता पनि हुन्छ।  

नेपाली कांग्रेस एउटा यस्तो फूलबारी हो जहान विभिन्न प्रकारका फूलहरु रोपिन्छन जसको समान हैसियत र सुन्दरता हुन्छ भन्ने प्रमाणित गराउनु छ।  
 
 
तपाईंको मुख्य प्रतिस्पर्धा को संग छ ?

म लगायत २/३ जना साथीहरु मैदानमा हुनुहुन्छ । प्रतिस्पर्धा भन्दापनी अन्डर्स्ट्यान्डिङको कुरा हो । मेरो उम्मेदवारी हरेक कारणले महत्त्वपूर्ण छ । साथीभाइ र अगुवा नेता कार्यकर्ताकै सल्लाहमा मैले उम्मेदवारी दिएको हुनाले मेरो जित सुनिस्चितनै देखिएको छ । 

 

नेपाली कांग्रेसले हिन्दु धर्म सहितको राजसंस्थाको एजेन्डा बिक्नु ठिक हो नी होइन र ? 

वास्तवमा २०६३ सालमा नेपाली कांग्रेसले जुन तरिकाले राजसंस्था सहितको हिन्दु अधिराज्यको एजेन्डा छाडेर गणतन्त्रको पक्षधर पार्टी बन्यो त्यो बेला देखिनै मलाइ पनि नेपाली कांग्रेसले गम्भीर भुल गर्यो भन्ने लागेकै थियो । तथापी देशमा भईरहेको त्यो बेलाको हत्या हिँसालाई मूल राजनीतिमा प्रवेश गराई दिगो शान्ति कायम गर्ने जिम्मेवारी एक मात्र पार्टी नेपाली कांग्रेसमा थपिएको थियो।  देश जोगाउन र जनतालाई बचाउन जंगलमा रहेर सशस्त्र युद्द गरिरहेको माओवादीलाई पनि राजनीतिक मुलधारमा ल्याउनु थियो।  एउटा त्याग गर्ने प्ररने हुँदा देशमा २०६३ / ०६३ को जनान्दोलनले पार्टीमा केहि बुँदा संसोधन भएकै हो तथापी पार्टीले गरेको निर्णय हामी आम कार्यकर्ताले पालना गर्ने पर्छ।  पार्टीको सिद्दान्त र विचारमा रहनै पर्छ।  त्यही भएर पनि नेपालको संबिधान २०७२ मा कहीं कतै अपरिवर्तनीय धारा लेखिएको छैन।  जनताको माग बमोजिम संबिधानका धाराहरु संसोधन हुनेमा म विश्वस्त छु।  यसका लागि सम्पूर्ण नेपाली जनताले नेपाली कांग्रेशलाई दुइ तिहाही भोट दिनुपर्छ भन्ने मान्यता राख्नु पर्दछ।  

जहाँ सम्म हिन्दु राज्य र राजसंस्थाको विषयमा तपाईंले प्रश्न गर्नु भयो यो विषयमा अहिले पनि नेपाली कांग्रेसमा विभिन्न समयमा महासमितिमा छलफल र कुरा उठीनै रहेको छ।  जनताको राय बुझेर नेपाली कांग्रेशले कुनै पनि बेला नेपाली जनतालाई केन्द्र विन्दुमा राखेर नेपाली जनतालाई जनार्दन मानेर असम्भव भन्ने कुरा केहि छैन।  


अर्को महत्वपूर्ण कुरा के पनि तपाईंको मिडिया मार्फत भन्न चाहन्छु भने राष्ट्र राष्ट्रियता प्रजातन्त्र लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको प्राण हो।  यो नै न्यायपूर्ण नेपाली जनताको जिउने आधार स्तम्भ हो।   


 

वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएको छ? 

मैले त पहिलेनै भनेको थिए नेकपा एमाले र माओवादी एक आपसमा मिल्न सक्दैनन् भनेर । कम्युनिस्टले देशको भलाइमा काम गर्दैनन् भन्ने कुरा लगभग लगभग नेपाली जनताले बुझी सकेका छन् । नेपालमा कम्युनिस्टहरुको नाम मिल्दो जुल्दो उस्तै र काम उस्तै हुन्छ, केवल परिणाम भने गोलमाल र सुन्य मात्र हुन्छ।  तपाईंलाई म एउटा उदाहरण मात्र प्रस्तुत गर्न चाहन्छु।  तोरी र कोदो हेर्दा उस्तै हुन्छ।  दुवैलाइ मिसायो भने न पिठो मिल्छ न तेल मिल्छ हो कम्युनिस्ट मिलेर निस्केको परिणाम यो भन्दा अर्को के हुन सक्छ ? यो भन्दा बढी आलोचना नगरौ समय धेरै बाँकीनै छ।  


मुलुक अप्ठ्यारो परिस्थितिमा पुग्न लाग्दा नेपाली कांग्रेसको आवस्यकता पर्छ । अहिले पनि ठ्याक्कै त्यस्तै छ, गणतन्त्र स्थापना पछि पहिलो पटक मुलुकको राष्ट्रियता निकै कमजोर बन्न पुग्यो । गम्भीर अवस्था आउदा नेपाली कांग्रेसले पुनः सत्ता सम्हालेको छ । अब बिस्तारै सबै ठिक हुँदै जान्छ । गत निर्वाचनमा जे जस्तो नतिजा प्राप्त भएता पनि यो पटक भनें नेपाली काङ्ग्रेसले दुइतिहाइ बहुमत ल्याउने निस्चित छ । 

 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यस लोकप्रिय संचार मध्यम पर्दाफास डट कम बाट मलाई मेरो व्यक्तिगत कुरा राख्ने मौका प्रदान गर्नु भएकोमा कृतज्ञता पार्कत गर्दछु।  चलिरहेका चाड पर्व शुभदिपावाली, छैट ठुली एकादसीको पावन अवसरमा हार्दिक शुभकामना अर्पण गर्दछु।  
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा जिम्मेवार पार्टीको एक जिम्मेवार कार्यकर्ता भएको हैसियतले मैले पनि झापा क्षेत्र नं. ५ 'क' को   सचिव पदमा उम्मेदवारी दिएको छु । म विजयी हुनु भनेको आम कार्यकर्ताको भावना समेटिनु हो । तपाईंहरुको अमुल्य मतले विजयी हुने मौका पाएमा पार्टी संगठनलाई थप मजबुत बनाउने ढंगले काम गर्नेछु ।  कृपया भाइ भतिज बन्धु बान्धव र मिलनसार साथीभाइ सम्झेर एक भोट दिनु हुनेछ भन्ने पूर्ण आशावादी छू।  धन्यवाद, जय नेपाल 

Views: