d

युवाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले मोटिभेसनल कार्यक्रम आयोजना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विराटनगर: युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा इन्भेष्टमेन्ट प्रा. लि. विराटनगर द्वारा देवानगंज गाउँपालिकामा Motivational कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराकाे साथ देवानगन्जमा कार्यक्रम सम्पन्न गरेको हाे। देवानगन्जा गाउँपालिकालाई आर्थिक समृद्धि , आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी , सामाजिक, संस्कृति गायपक कुरालाई मध्यनजर राख्दै कार्यक्रमकाेआयोजना गरेको नासा इन्भेष्टमेन्ट प्रा. लि. का कार्यकारी अधिकृत अरविन्द मेहताले बताउनु भयो । कृषि क्षेत्रमा विभिन्न सुविधा पाउन सक्छौं कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति लियाउनु पर्छ अनि मात्र आर्थिक क्रान्ति हुनसक्छ नत्र आर्थिक क्रान्तिको सम्भव छैन । विकास समृद्धिका लागि हाम्रो मान्छे राम्रो मान्छे होइन राम्राे मान्छे हाम्रो मान्छेलाई रोज्नु पर्छ भन्ने व्यहोरा समेत मेहताले बताउनु भयाे ।


 


कार्यक्रमको आयोजनाकलाई धन्यावाद दिदै प्रमुख अतिथि देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताले पालिकालाई समृद्धि वनाउन भोतिक,शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा अगाडि बढे मात्र समृद्धि बन्न सक्छन्। सुनसरीमा ६ गाउँपालिका मध्ये सिमावर्ती क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिका पनि एक हो । सञ्चारकर्मी र युवा सञ्जालहरुलाई सुनसरीका पालिकाहरू भ्रमण गरी मूल्यांकन गर्न आग्रह गर्नु भएको छ। भ्रमणको सम्पूर्ण खर्च पालिका तिर्ने बताउनु भयो।

 

विशिष्ट अतिथी एवम् वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रो. डा. रामशरण मेहता आफ्नो अनुभव राख्दै पढाइकाे कारण संसारको प्राय जसो ठाउँ घुमी सके, किताब लेखी सके , पाएँ जति पद पाई सके । यो सव म कसैको दया दृष्टी कृपाले पाएको होइन म आफ्नो योग्यता क्षमता मेहनत परिश्रमले पाएको हो त्यसैले इमान्दारिता कायम राखि परिश्रम गरेपछि अवश्य सफलता प्राप्त हुनेछ । पढ्नुपर्छ,सङ्घर्ष गर्नुपर्छ, इमान्दारी छोड्नु हदैन र छिटो सानो बाटो अपनाउनु हुँदैन र मेहनेत गरे जे पनि पाइन्छ भने व्यहोरा प्रा डा रामशरण मेहता ले वताउनु भयो ।

 

पलिका भित्रका लाेक सेवा क्षेत्रमा लागेका विद्यार्थीहरूको लागि लोक सेवा पुस्तकालय स्थापनाको घोषणा गर्दै श्री कृष्ण मा. वि. का प्रधानाध्यापक उमेश प्रसाद मेहताले संस्थपक प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र नासा इन्भेष्टमेन्ट प्रा. लि. का कार्यकारी अधिकृत अरविन्द मेहतालाई आभार प्रकट गर्नु भयो। पुस्तकालय मंसिर १ गते देखि श्री कृष्ण मा. वि. मा सञ्चलन आउनेछ ।उक्त पुस्तकालयमा सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने विभिन्न प्रतियोगितात्मक परीक्षा संग सम्वन्धीत पुस्तकहरू पुस्तकालयमा उपलव्ध हुनेछ।

सफलता प्राप्त गर्न विरानगर धरान इटहरी काठमाडौंकै विद्यालय र क्याम्पसमा पढ्न जरूरी छैन आफ्नो दक्षता र क्षमता अनुसार स्थानीय विद्यालयमा अध्ययन गरेर मेहनत र इमान्दारिता कायम राखियो भने अवस्य पनि सफलता हाँसिल हुन्छ । डाक्टर, इन्जिनियर, सिए, राष्ट्र सेवक कर्मचारी लगायतको जनशक्ति उत्पादन गर्न देवानगंजका स्थानीय विद्यालयहरू नै सक्षम रहेको व्यहोरा नेपाल सरकारका शाखा अधिकृत एवम् लोक सेवा पुस्तकालयका संस्थापक बाबुनन्दन मेहताले जानकारी दिनु भयो ।

कार्यक्रममा विशेष अतिथी रामेश्वर मेहता ( पुर्व प्र.अ.) श्री मा वि देवानगंज, बाबुनन्दन मेहता ( शाखा अधिकृत ) हाल प्रमुख प्रशासकीय अधिकृत (रामप्रसाद राई गा.पा. , भोजपुर ),अशोक मेहता लेखा अधिकृत ( इनरुवा नगरपालीका) , अभिनन्दन यादव( प्र.अ. )श्री बाल मावि विराटनगर सहित देवानगंज गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती।हेको थियो ।

कार्यक्रम नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Views: