d

राप्रपा महाधिवेशन: प्रदेश १ अध्यक्षमा त्रिपक्षीय भिडन्त, चर्चाको शिखरमा भक्ती सिटौला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास, कार्तिक २३ झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने तय गरिएको छ । महाधिवेशनकै सिलसिलामा स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रदेश कार्यसमितिको चयन समेत धमाधम भइरहेको छ । 

यसैबीच प्रदेश १ कार्यसमिति अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ जसमा चर्चित राजनीतिज्ञ भक्ती सिटौलाको उम्मेदवारी रहेको छ भने उनि संग प्रतिस्पर्धा गर्दैछन् विश्वमोहन थापा र राम थापाले । सर्वसम्मत गराउने प्रयास गरिएको भएता पनि उम्मेदवारी फिर्ता लिनको लागि कोहि पनि तयार नरहेकोले निर्वाचनको विकल्प नदेखिएको राप्रपा निकट नेताहरूले बताएका छन् । सिटौला राजेन्द्र लिंग्देंन, राम थापा कमल थापा पक्षधर हुन् भने  विश्वमोहन अहिले सम्म आफु कसको पक्षधर हो भन्ने खुलाएको पाइदैन।     यहि कुटिल चालका कारण विश्वमोहन सबैका विश्वासपात्र भएर सदाबहार नेताको रुपमा आफुलाई उभ्याउदै आएका छन्।  

पछिल्लो समय राप्रपा भित्र नेतृत्व परिवर्तनको चर्चाले तिब्रता पाउदै गएको छ । महाधिवेशन नजिकिनै लाग्दा केन्द्रिय अध्यक्ष पदको लागि दौडधुप चल्न थालेको छ भने यसैको असर प्रदेश १ मा समेत देखापरेको छ । प्रदेश १ मा उम्मेदवारी दिएका सिटौला राजेन्द्र लिङ्देनलाई केन्द्रिय अध्यक्ष बनाउने अभियानमै जुटेका नेता हुन्। यता  राम थापा भने  कमल थापाको आशीर्वाद प्राप्त नेताको रूपमा परिचित छन् ।

 राजनीतिक लविङ चुलिदै गर्दा प्रदेश १ अध्यक्षमा त्रिपक्षीय भिडन्त भनिएता पनि मुख्य प्रतिस्पर्धा सिटौला र थापा विचमै रहेको राप्रपा भित्र चर्चा पाइन्छ ।  त्यसो त दुइ नेताको भिडन्तबाट फाइदा लिने पक्षमा छन् विश्वमोहन थापा।  

 प्रदेश १ लाई आ-आफ्नो पोल्टामा पार्ने प्रयासमा थापा र लिङ्देन पक्षीय नेताहरु खुलेरै देखा परेका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा प्रदेश १ का अधिकांश जिल्लामा राजेन्द्र लिङ्देनको राम्रो पकड रहेका कारण लिङ्देनको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका सिटौलाले जित्ने सम्भावना औल्याउने गरिएको हो । प्रदेश १ भित्र रहेका १४ जिल्ला मध्ये १३ वटामा लिङ्देनको बलियो पकड रहेको लिंग्देंन पक्षधर नेता कार्यकर्ताको ठम्म्याइ छ।   पाँचथर जिल्लामा भने कमल थापा पक्षको प्रभुत्व रहेको आकलन छ।

 

राजतन्त्रवादी संगठनहरुको सहयोग सिटौलालाई 

नेपालमा राजसंस्था पुनर्स्थापनाको दौडधुपमा रहेका राजावादी संगठनहरुले सिटौलालाई प्रदेश १ अध्यक्ष बनाउन भित्री रूपमा प्रयास सुरु गरेको बुझिएको छ ।

 'राजतन्त्रको पुनर्स्थापना गर्न  राप्रपा भित्र जसरी भएपनी केन्द्रिय नेतृत्व परिवर्तन गर्नुपर्ने देखिन्छ त्यसैले प्रदेश १ अध्यक्षमा कमल थापाको पक्ष पराजित हुनु जरुरी छ ।' राजावादी संगठनका एक नेताले बताए । 

उनको भनाइलाई आधार मान्ने हो भने राजसंस्था चाहने तर राप्रपाको वर्तमान राजनीतिक कार्यशैली मन नपराउनेहरुको समेत समर्थन लिङ्देनलाईनै छ भन्ने बुझ्न सकिन्छ ।  राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्व गर्ने हो भने राप्रपा पनि उदाउदो शक्तिको रूपमा राष्ट्रिय राजनीतिमा देखापर्ने राजावादी संगठनमा आवद्धहरूको विश्वास देखिन्छ । त्यसको ठिक विपरीत कमल थापा भने राजावादीहरु प्रती त्यति सारो उदार देखिदैनन् । यसैका कारण पनि कमल थापाकै निती अख्तियार गरेर राजनीतिमा सकृय रहेका राम थापालाई निर्वाचन जित्न कठिनाइ हुँदै गएको विश्लेषण छ । यद्यपि उनलाई कमल थापाको बलियो समर्थन रहेका कारण अहिले सिटौलाको पक्षमा देखिएको अंकगणितले काम गर्ला त भन्ने प्रश्न समेत उतिकै जटिल देख्छन् सिटौला पक्षधरहरु । 

यो निर्वाचन नितान्त राप्रपा भित्रको लडाइँ भएका कारण बाहिरी हल्लाले कुनै असर नपार्ने राम थापा पक्षीय नेता कार्यकर्ताको बुझाई छ । 'हाम्रो भित्री लडाइँ हो, राजावादी संगठनको हवाला दिदै बहस गरिनु आवस्यकता भन्दा बाहिरको तर्क हो ।', राम थापा निकट एक नेताले भने । 

'झापा जिल्लामा सिटौला पक्षको बलियो पकड छ।  त्यसो त पहाडी जिल्लाहरुमा पनि सिटौलानै अगाडी छन् यद्दपी सुनसरी जिल्लामा रहेका मतदाताले जसलाई भोट हाल्छन उसकै पक्षको पल्ला भारी हुने आकलन समेत रहेको  अवस्था छ।', आफु सिटौला पक्षधर मतदाता रहेको बताउने एक स्थानिय नेताले बताए।  


विश्वमोहनको अवस्था कस्तो छ?

प्रदेश १ मा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने अठोटका साथ उम्मेदवारी दिएका विश्वमोहन थापा भने भक्ती सिटौला र राम थापाको टकरावबाट फाइदा लिन सक्छु कि भन्ने दाउमा छन् । २०४६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी  स्थापना  हुँदै देखि पार्टीको कुशल संगठकको रूपमा पहिचान राख्दै आएका थापा अहिले पनि अविचलित यात्रामा छन् । कलात्मक र धारावाहिक भाषणमा निपुर्ण मानिने थापाले एकपटक प्रदेश १ अध्यक्ष बन्नैपर्ने मान्यता उनि पक्षीय नेता कार्यकर्ता माझ छ । 
  

सबैको मन जितेर राप्रपालाई शक्तिशाली पार्टी बनाउने राजेन्द्र लिङ्देनको अठोट 

मन्दिरमा पुजा गर्न मध्यरात आएका राजाको समर्थनमा लाखौं नेपाली भेला हुन्छन् तर राप्रपाले ठुलै सभा आयोजना गर्दा समेत मान्छे शिला खोज्नुपर्छ ।'  यो भनाइ हो नेता राजेन्द्र लिङ्देनको । वास्तवमा परिस्थिति समेत त्यस्तै देखिएको छ । संघीयता खारेजी र हिन्दु धर्म सहितको राजसंस्थाको पक्षमा रहेको ठूलो शक्तिले जसलाई साथ दिन्छ सोही व्यक्तिले समग्र राजनीतीमा प्रभाव जनाउन सक्ने कुरामा दुईमत छैन । पुरानै सोच र पुरानै नेता कार्यकर्तालाई लिएर हिड्ने कमल थापाले दिनप्रतिदिन जनविश्वास समेत गुमाउदै गएको राजनीतिक वृत्तमा हुने चर्चा नयाँ हुँदै होइन । स्पष्ट  एजेन्डा र कार्यदिशा लिएर नहिडे आगामी निर्वाचनमा समेत पार्टीलाइ फेरी पनि जहाँको त्यहीँ रहने हो की भन्ने चिन्तामा छन् लिङ्देन । उनको यहि चिन्ताको नतिजा हो केन्द्रिय अध्यक्ष पदमा लिङ्देनको सम्भावना । 

कमल थापाको गलत रबैयाकै कारण राप्रपा प्रती जनभरोसा गुम्दै गएको लिङ्देन समर्थित नेता कार्यकर्ताको बुझाइ छ ।


गाली गलौजमा उत्रन थाले थापा पक्षधर

प्रदेश १ को चुनावी सरगर्मी बढ्दै गर्दा सिटौला पक्षधर संयमित देखिएका छन् भने राम थापा पक्षधर केही नेता कार्यकर्ताहरु सामाजिक संजालमा तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन्।   भक्ती सिटौला र विश्वमोहन पक्ष संयमित देखिएका छन् भने राम थापा पक्षहरु सिटौलाको समर्थनमा खुलेका नेता कार्यकर्ता माथि गाली गलौजमै उत्रन थालेका छन्।  सामाजिक संजालमा उनीहरु खुलेरै गाली गलौजमा उत्रिएका हुन्।  केहि कार्यकर्ताको असभ्य उत्तेजनात्मक प्रस्तुतीकै कारण पनि  राम थापा पक्षीय मतदाताहरु थापा कित्ता छोडेर सिटौला कित्तामा उभिन थालेका विश्लेषकहरु बताउछन्।  

Views: