d

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द नेकपा (विप्लब) द्वारा  झापामा विरोध प्रदर्शन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि  भएको भन्दै झापामा विरोध प्रदर्शन आयोजना गरिएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य चर्को रुपमा बढाएर जनताको ढाड सक्ने काम गरेको  विरोधमा  नेपाल कम्युनिस्ट पार्टी द्वारा झापाको दमक र काकरभिट्टामा पेट्रोलियम पदार्थको मूल्य विरुद्द विरोध प्रदर्शन गरिएको हो।  विरोध प्रदर्शनका क्रममा वक्ताहरुले सरकारको गलत रबैया कारण पेट्रोलियम पदार्थको  मूल्य आकासिएको आरोप लगाएका छन्।  दिन प्रतिदिन पेट्रोलियम पदार्थको मूल्य अकल्पनीय रुपमा बढाउने कार्य तत्काल रोक्न माग गरिएको छ।  
दमक र काकरभिट्टामा छुट्टाछुट्टै रुपमा आयोजित विरोध कार्यक्रममा प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर............राष्ट्रघाती एम सी सी फिर्ता गर ........... भ्रष्ट सरकार होसियार.............नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ........जस्ता नारावाजी गरेका थिए।  

No description available.
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नहुन्जेल संघर्षका  कार्यक्रम जारी रहने र कार्तिक ३० नेपाल बन्दको कार्यक्रम रहेको जिल्ला कार्यलय सचिब  सन्जय ले बताए।  

 

No description available.

 

दमक चोकमा आयोजित विरोध कार्यक्रमको संचालन  जिल्ला कमिटि सदस्य बिज्ञानले गरेका थिए।  

Views: