d

गौरादहमा जेसिस सप्ताह सुरु (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादहमा जेसिस सप्ताह सुरु गरिएको छ । हरेक वर्ष जेसिस द्वारा साप्ताहिक कार्यक्रमको आयोजना गरि मनाइने जेसिस सप्ताह यो पटक पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको हो । 

गौरादह ३  धिमधिमे चोक स्थित शिवालय मन्दिर परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका विच जेसिस सप्ताहका कार्यक्रमहरु बारे जानकारी दिइएको थियो । 

गौरादह जेसिस वर्ष २०२१ महासचिव दुर्लभ कार्की द्वारा संचालित कार्यक्रममा जेसिस वर्ष २०२१ अध्यक्ष एकराज घिमिरे, उपाध्यक्ष ध्रुब अधिकारी, जेसिस सप्ताह कार्यक्रम मुल संयोजक प्रकाश भट्टराई, ट्राफिक प्रहरी भोजराज चम्लागाई तथा धिमधिमे युवा क्लबका अध्यक्ष प्रवीण बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । 

जेसिस सप्ताहको शुरु दिन आज शुक्रबार पाडाजुगी-गौरिगन्ज सडक खण्ड अन्तर्गत धिमधिमे चोक, सुर्योदय आधारभुत बिद्यालय अगाडी र प्रगति मा वी अगाडी  जेब्रा क्रसिङ पेन्टिङ गरिएको छ । दुर्घटना जोखिम नियन्त्रण गर्ने उद्देश्यले जेब्रा क्रसिङ लेखन आयोजना गरिएको संस्था सञ्चालकले जनाएका छन् । 

त्यस्तै भोलि शनिबार गौरादह १ स्थित वडा कार्यालय सभाहलमा १ दिवसिय प्रस्तावना लेखन कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

जेसिस सप्ताहको तेस्रो दिन अम्बर मा. वी. बैगुन्धुरामा अध्ययनरत ११/१२ कक्षाका बिद्यार्थीको रक्त समूह पहिचान गर्ने कार्यक्रम आयोजना गरिएको छ । 


त्यस्तै कार्तिक २९ गते नगरपालिका भित्रका महिलाहरुलाई लक्षित गरि महिला सशक्तीकरण तालीम कार्यक्रम आयोजना गरिएको जेसिस वर्ष २१ अध्यक्ष जेसी एकराज घिमिरेले बताएका छन्  । 

अध्यक्ष घिमिरेका अनुसार कार्तिक ३० गते असल बैठक संचालन तालीम र मंसिर ३ गते वडा नं. २ स्थित लायन्स चिल्ड्रेन पार्कमा मा.वी. स्तरीय वक्तृत्वकला  प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

 

तस्बिर सौजन्य: जे सी रिजेश खड्का 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: