d

राप्रपा प्रदेश १ अधिवेशन: विश्वमोहनले अध्यक्ष पदमा दावी छोड्नुको भित्रि कारण यस्तो....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  राप्रपाका प्रभावशाली नेता विश्वमोहन थापाले प्रदेश १ अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । प्रदेश १ अध्यक्ष पदको लागि भक्ती सिटौलालाई समर्थन गर्ने थापाले घोषणा गरेका हुन् । 

 

No photo description available.

 

पुर्व पन्चहरुको सानो झुन्डमा अड्किएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वलाई हटाएर फराकिलो सोच लिएर अगाडी बढ्ने लक्ष्य सहित अध्यक्ष पदमा भक्ती सिटौलालाई सहयोग गर्ने नेता थापाले बताएका छन् । 

'हामी अहिले निकैनै संवेदनशील घडीमा छौँ, पार्टीलाई पुर्व पन्चको हातबाट जनताको हातमा पुर्याउने अठोट सहितको अभियानमा छौं', भक्ती जी जस्तो अब्ब्ल, साहसिक र निष्ठावान नेतालाई प्रदेश अध्यक्ष बनाउन पाउनु पार्टीको अहोभाग्य सम्झनु पर्छ, त्यही कारण मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छु।', पर्दाफास डट कम संग कुरा गर्दै नेता थापाले भने । 

पार्टीमा लामो समय देखि संघर्षरत तमाम  कार्यकर्ताले राप्रपाको सांगठनिक ढाचामा परिवर्तन हुनुपर्ने र नातावाद कृपावादको अन्त्य गर्दै एउटा अतुलनीय राजनीति शक्तिको रूपमा पार्टीलाई विकसित गराउदै लैजानु पर्ने कार्यकर्ता र शुभचिन्तकको भावना संग आफुहरु एक्यवद्ध रहेको नेता थापाको भनाई छ । 

राप्रपा सहि ट्र्याकमा हिड्न सकोस् भन्ने आकांक्षा पार्टी भित्र मात्र होईन पार्टी भन्दा बाहिर रहेको राजाबादीहरुको एउटा ठूलो समुहले समेत चाहेको र त्यसलाई अवसरकै रूपमा लिन सक्नुपर्ने थापाले बताएका छन् । 

पार्टीलाई संकुचित धरातलमा राख्न प्रयास गरेकै कारण क्षेत्रीय पार्टीको रूपमा खुम्चिनु परेको बाध्यात्मक परिस्थितिको उत्पादन नेतृत्व तह बाटै भएको भन्दै नेता थापाले जनताले सर्वाधिक रुचाएका र पार्टी प्रती अत्यन्तै बफादार नेता राजेन्द्रप्रसाद लिङ्देनलाई पार्टीको केन्द्रिय नेतृत्वमा पुर्याउनु आजको आवस्यकता रहेको उनको भनाइ छ । 

राजावादी संगठनहरुले समेत लिङ्देनलाई रुचाएको भन्दै नेता थापाले आगामी निर्वाचनमा एउटा बलियो पार्टीको रूपमा राप्रपालाई देख्न चाहेको र यो अवसर वर्तमान राजनीतिक परिस्थितिमा राजेन्द्र लिङ्देन बाहेक अरुबाट पूरा हुन सक्ने सम्भावना समेत नरहेको उनको भनाई छ । 


थापाको यो घोषणा संगै प्रदेश १ को अध्यक्ष पदमा दुई प्रभावशाली नेता राम थापा र भक्ती सिटौला चुनावी मैदानमा देखिने भएका छन् ।
 प्रदेश अधिवेशन भोली कात्तिक २८ र २९ गते दमकमा सम्पन्न हुँदै छ।  

 

May be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 6 people, people standing and indoor

Views: