d

राम थापा र भक्ती सिटौला, कुन उम्मेद्वार बलिया ? यस्तो छ अंकगणित....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षको लागि भक्ती सिटौला र राम थापाले चुनाव लड्ने भएका छन् । निवर्तमान अध्यक्ष राम थापालाई चुनौती दिदै अर्का प्रभावसाली नेता भक्ती सिटौलाले उम्मेदवारी दर्ता गरेपछि चुनावी सरगर्मी शुरु भएको हो । 23129

यद्यपि आजै मध्यरात सम्ममा कुनै न कुनै तरिका अपनाएर सर्वसम्मतकै प्रयास गरिने समेत चर्चा छ । 

यसअघि प्रभावशाली नेता बिश्वमोहन थापाले समेत अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै आएका थिए ।  शनिबार साझ अचानक बिश्वमोहनले विज्ञप्ति जारी गर्दै घोषणा गरे, 'म उम्मेदवारी दिन्न तर आफ्नो सारा शक्ति भक्ती सिटौलालाई जिताउन खर्च गर्छु ।  

थापाको यो घोषणाले राप्रपा प्रदेश १ को राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ भने चुनावी प्रतिस्पर्धा हुँदा भक्ती सिटौलाले सहजै जित हातपर्ने चर्चा चल्न थालेको छ । 

यद्यपि राम थापा पक्षधर भने जुनसुकै हालतमा पनि राम थापालाईनै एक पटक प्रदेश अध्यक्ष बनाउनु पर्ने बहस चलाउदै आएका छन् । उता सिटौला पक्षधरहरु राम थापालाई फराकिलो मतान्तरले हराउने दावी गर्न पछि पर्दैनन् । 

सिटौला २०७० सालमा नेपाली कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका नेता हुन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरि झापाली राजनीतिमा चर्चाको शिखरमा पुगेका सिटौला कांग्रेसमा रहदा विश्वप्रकाश सर्मा र कृष्ण सिटौलालाई राम्रै टक्कर दिने नेताको रूपमा आफुलाई स्थापित गरिसकेका थिए । 

त्यसो त गत आम निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट राजेन्द्र लिङ्देन संग प्रतिस्पर्धा गर्न उठेका कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गर्ने बलियो भुमिका निर्वाह गरेका नेता हुन् भक्ती सिटौला । राजनीतिलाई पेसा सम्झिनु हुदैन यो त नितान्त सेवा हो भन्ने बिचार भएका सिटौलाले झापा ३ बाट कांग्रेस कार्यकर्तालाई राप्रपा प्रवेश गराउन अभियाननै चलाउदै आएका छन् ।

 कुशल सांगठनिक क्षमता भएका नेताको रूपमा परिचित सिटौलाले राप्रपाको कार्यदिशामा आमूल परिवर्तनको खाचो औल्याउँदै आएका छन् । उनको बलियो साथ र सहयोगकै कारण पनि राजेन्द्र लिङ्देनलाई केन्द्रिय अध्यक्ष पदमा दावी गर्न सहज भएको राजनीतिकवृत्तमा चर्चा छ । 

 प्रदेश १ मात्र होईन अन्य सबैजसो प्रदेशमा लिङ्देनले प्रभुत्व जमाउलान् भन्ने तनावमा कमल थापा छन् । यहि कारणबाट तर्सिएर उनी राम थापालाई जिताउनकै लागि झापा  आएको हुनसक्ने राप्रपावृत्तमा चर्चा छ । 

 

केन्द्रिय अध्यक्ष द्वय पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनीकै साझा उम्मेद्वारको रूपमा देखिएका अर्का उम्मेद्वार विश्वमोहन थापाले अचानक भक्ती सिटौलालाई समर्थन गर्ने घोषणा गरेपछि सिटौला जितको नजीक पुगेको विश्लेषण हुन थालेको छ । 

उता प्रदेश १ मा मात्र नभएर राप्रपाको केन्द्रिय तहमा समेत बलियो पकड राख्न सफल नेता हुन् राम थापा । लामो समय देखि नेपाली राजनीतिमा संघर्षरत थापा पार्टी भित्र सदावहार र त्यागी नेताको रूपमा चिनिन्छ्न् । गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाका मेयर पदमा एमाले  उम्मेद्वार रोम ओली र  माओवादीका गगन पुरीलाई बलियो टक्कर दिएका थिए ।

यद्यपि बाहिरी रूपमा जे चर्चा चलेता पनि गोप्य निर्वाचन प्रणालीमा कसले कता भोट हाल्ने हो निश्चित नहुने भन्नेहरूको संख्या पनि उतिनै पाइन्छ । 

राम थापा निर्विकल्प अध्यक्ष हुन् भन्नेहरूका लागि सिटौलाको उम्मेद्वारीले ठुलै तरंग ल्याइदिएको छ । पार्टी भित्र आमूल परिवर्तनको नारा बोकेर हिडेका सिटौला र यथास्थितिमै पार्टी हाक्नु पर्छ भन्ने राम थापा मध्ये प्रदेश १ मा कसले बाजि मार्ने हुन् त्यो भने आम मतदातामै निहित रहने देखिएको छ ।

 

 

राजेन्द्र लिङ्देन र कमल थापाको जुहारी


आइतवार सम्पन्न भएको खुलासत्रमा राजेन्द्र लिङ्देनले नेता त्रयको विरासत तोडेरै छोड्ने दावी गरे । उता लिङ्देनको भनाइ समय सापेक्ष नरहेको तर्क गर्दै कमल थापाले भने, 'प्रदेश १ मा राम थापाको आवश्यकता छ, वहाँलाई भोट दिनुहोस् ।'

थापाले केन्द्रिय नेतृत्वमा आफुले दावी नछाड्ने बताइरहदा लिङ्देनले नेता त्रयमाथी पार्टीलाई बेवारिसे अवस्थामा पुर्याएको आरोप लगाएका छन् । 

राप्रपा नेतृत्वले विदेशीले चिन्छन् र उनीहरुकै आड भरोसामा राजनीति  गर्छु भन्नु लज्जास्पद कुरा रहेकोे तर्क गर्दै नेता लिङ्देनले पार्टीलाई बलियो शक्तिको रूपमा विकसित गर्न नेतृत्व परिवर्तनको विकल्प नरहेको बताए । 

थापा पक्षधर नेता कार्यकर्ताहरु राम थापा पराजित भएमा राप्रपा सकिने तर्क गर्छन् भने अर्को तिर लिङ्देन पक्षधरहरु राप्रपाले बोकेको महत्त्वपूर्ण एजेन्डाहरुलाई स्थापित गराउन पुर्व पन्च र मन्डलेहरु बाधक रहेको जिकिर गर्छन् ।  

 

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: