d

गौरादहमा छोटो समयमै उच्च चर्चा र ख्याती कमाएर बिदा भए प्रहरी नायव निरीक्षक मेहता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल

पर्दाफास/ मङ्सिर १/ झापा: इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी नायव निरीक्षक रमेशकुमार मेहता बिदा भएका छन् । मेहताको बिर्तामोड सरुवा भए संगै ईलाका प्रहरी कार्यालय गौरादहको इन्चार्जमा प्र.ना.नी. रमेश वन आएका हुन् । 

२०७७  पौष २६ गते ईप्रका गौरादहमा सेवा शुरु गरेका मेहताले गौरादहमा रहदा छोटो अवधिमै निकै राम्रो चर्चा र  ख्याती कमाउन सफल भएका छन् । विषेशगरि गौरादहमा रहदा लागूऔषध दुर्व्यशनी विरुद्धको कार्यमा महत्त्वपूर्ण सफलता हासिल गरेका मेहताले सूचना सम्प्रेषण र नागरिक सचेतनाको क्षेत्रमा गौरादहलाई निकै ठूलो सफलता दिलाएको पाइन्छ । 

 कोभिड महामारीको समयमा सामाजिक दुरी कायम गराउने सिलसिलामा अविस्मरणीय देन पुर्याएका प्रनानी मेहता सबै वर्गका नागरिक संग चाडैं घुलमिल हुनसक्ने मिलनसार स्वाभाव भएका व्यक्तिको रूपमा परिचीत छन् । 

मेहता छोटो अवधीको लागि गौरादहमा रहदा चोरीका घट्ना, अवैध रुपमा लुकाइ छिपाई ल्याइएका सामानहरु सम्बन्धि घट्ना, गौरादह-१ डिपु चौक मा चारैतिर घुमाएर हेर्न सकिने एकथान क्यामेरा जडान गर्न विशेष भुमिका निर्वाह गरेको, गौरादह-१ को जनता माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १० कक्षाका विद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम संचालन, जुवा खेल्नेहरुलाई पक्राउ गरिएको, १ सय ५२ लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरि १५ जनालाई सुधार केन्द्र पठाईएको, २ वटा कर्तव्य ज्यान को घट्नामा पनि छोटो समयमा नै कर्तव्य गर्ने मान्छेलाई पक्राउ गरेको पाइएको छ। 

सिसी टी भी क्यामेराको प्रयोजनमा समेत उनको कार्यकाल सकारात्मक रहेको देखिन्छ।  देउसी खेलेर ३२ इन्चको एक थान ल्यापटप समेत संकलन गरिएको, कार्यालयलाई प्रविधी संग जोड्नको लागि डेस्कटप कम्प्युटरको व्यवस्था उनको गौरादह बसाइका महत्वपूर्ण उपलब्धी हुन्।  

बिबाद समाधानमा निकै राम्रो भूमिका निभाउन सक्ने भएकै कारण पनि उनले चर्चा र ख्याती दुवै एकैसाथ कमाउन सक्ने स्वयं नागरिक तहमा विश्लेषण छ।  

 

'हाम्रो विवाह भएको २ वर्षमानै  छोडपत्र गर्नु पर्ने अवस्थामा पुगेका थियौं, त्यसैको सिलसिलामा  बल्झिएको अर्को घरायसी समस्याका कारण हामी प्रहरी कार्यालयमा आउँदा पति-पत्नीको झगडा वहाँले मिलाएर पठाई दिनुभयो, वास्तबमा हाम्रो मिस अण्डर्स्ट्याण्डिङ्गका कारण त्यस्तो भएको रहेछ।  अहिले हामी पति पत्नी राम्रो संग मिलेर बसेका छौं। ', यो भनाई हो गौरादहका एक स्थानिय युवाको।  ति युवा त प्रतिनिधि पात्र मात्र हुन्, ईलाका प्रहरी कार्यलया सम्म आएका घरेलु हिँसाका धेरै समस्याहरु प्रहरीकार्यालय बाट समाधान हुने गरेका छन्।  घरायसी समस्याहरुमा प्रहरीले द्वन्द व्यस्थापनका विभिन्न उपायहरु खोजेर, समस्याको सतही मुल्यांकन नभई गहिरो अध्ययन गरेर निराकरण गर्न प्रयास गर्ने गरेको प्रनानी मेतहा बताउछन्।  

 

 ईलाका प्रहरी कार्यालय गौरादहमा आउनु अघि झापाकै खजुरगाछीमा ६ महिना सेवा प्रदान गरेका थिए । सो भन्दा अगाडी  झापाको धुलाबारीमा १९ महिना, सोलुमा १ वर्ष सेवा प्रदान गरिसकेका प्रनानी मेहता प्रहरी सेवामा रहेकोे १७ वर्ष पूरा हुनै लागेको छ । सप्तरी, धनुषा र सिराहा क्षेत्रमा सेवारत रहदा अपराध अनुसन्धान क्षेत्रमा लामो अनुभव हासिल गर्ने अवसर प्राप्त गरेका उनले कानुन विषयमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।  सेवानिबृत्त जीवनमा एक असल  कानुन व्यवसायी बन्ने  सोचमा छन् मेहता। 

इलाका प्रहरी कार्यालय गौरादहको कार्यालय भवन जिर्ण बन्दै गएको विषयमा निकै चिन्तित रहेका मेहताले जनश्रमदान बाटै सुबिधायुक्त भान्साघर निर्माण गराउन समेत भ्याएका छन् । 

जस्तापाता मक्काएर पूर्ण रुपमा जिर्ण भएको प्रहरी भोजनालयको भत्किएका झ्याल ढोका देख्दा आफु अत्यन्तै चिन्तित भएको बताउने प्रहरी प्रमुख मेहताले स्थानियबाट आर्थिक र भौतिक सहयोग जुटाएर उक्त भवन निर्माण गर्न सफलता प्राप्त गरेको भवन निर्माण समितिका संयोजक नारायण घिमिरेको भनाइ रहेको छ।  

 मिश्रित र जटिल भू-राजनीतिक केन्द्र भएको गौरादह जस्तो स्थानमा  प्रहरीहरुलाई दैनिक कार्य सम्पादन गर्न निकै चुनौती रहेको चर्चा नौलो होइन।  पक्राउगरि प्रहरी कार्यालयमा ल्याईपुर्याउंदा नपुर्याउदै मेरो मान्छे हो छोडी दिनुस भन्ने टेलिफोन आउनु  सामान्य विषय बन्ने  गरेको छ ।  त्यसो त राजनीतिक दवाबका कारण पनि आपरिधिक गतिविधीका प्रहरी अनुसन्धानहरु प्रभावित गराइने परम्परा गौरादहमा मात्र होइन मुलुकभरनै चुनौतीपुर्ण विषय हुदै गएको पाइन्छ।    

प्रहरी सेवाको सिलसिलामा जहाँ पुगेपनी आफुलाई जनताको सेवक ठान्ने र सदैब कर्तव्यपथमा रहदै सेवाभावमा रहने तथा छोटो समयमै बलियो पहिचान बनाउन सक्ने सकारात्मक सोचका धनी प्रहरी नायब निरीक्षक रमेस कुमार मेहता जस्ता प्रहरी अफिसरहरुको खाचो राष्ट्रलाई सदैव रहनेछ ।


 

Views: