d

राष्ट्रिय जनमोर्चाले एमाले र राजावादीसँग सहकार्य नगर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिगमनको पक्षमा रहेका राजावादी र एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने नीति पारित गरेको छ । पार्टीको बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले देशमा अझ पनि प्रतिगमनको खतरा कायम रहेकोले त्यसका विरुद्ध लड्न तथा देशलाई प्रतिगमतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएको स्पष्ट पारेको छ ।
अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित सो वक्तव्यमा ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भइरहेको समेत उल्लेख छ । ‘अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यले काम गरेको छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ । नेपाली काँग्रेसभित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ । त्यसका वाबजुत पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकिकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ । त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न नेकाका लागि त्यति सजिलो छैन । त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ ।

Views: