d

जनप्रतिनिधिहरुको समय सकिनै लाग्दा यस्तो अचम्म ......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: कहिँ नभएको जात्रा हाडी गाउँमा भनेजस्तो गौरादह नगरपालिकामा अर्को जात्रा देखिएको छ । 

 

No description available.

 वडा नं. ६ स्थित स्थानीय सिंघियाडुब्बा टोलको मसानघाट जाने अधुरो बाटो पूरा गर्न नगरपालिकाले छुट्याएको १ लाख बजेट निर्माण सम्पन्न नगरी उपभोक्ता समितिलाई भुक्तानी गरेको पाइएको हो ।

 सिंघियाडुब्बा त्यही ठाउँ हो जहाँ बाटोनै नभएको स्थानमा कलबर्ट निर्माण गरेर गौरादह नगरपालिकाले गतवर्ष राम्रै चर्चा कमाएको थियो । 
पहिले अनावश्यक स्थानमा कलबर्टको अधुरो काम गरेर भुक्तानी गरेको नगरपालिकाले यो पटक इस्टिमेट अनुसारको कामै नगरी भुक्तानी गरेर थप चर्चा कमाएको छ । 

उक्त निर्माणको उपभोक्ता समितीमा अध्यक्ष देवी प्रसाद गनगाई र सचीव सत्य प्रसाद गनगाई रहेका छन् । उपभोक्ता समितिले गिटी बालुवा मात्र  थुपारेर नगद निकासा गर्न सफल भएको पाइएको छ । 

उता इस्टिमेट अनुसार काम नगरी रकम भुक्तानी गरेको थाहा पाएका स्थानीयले आक्रोशित हुँदै नगरपालिका कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

उनीहरुले जथाभावी गरि जनतालाई दु:ख दिनेलाई कार्वाही गर्न माग समेत गरेका छन् । 

बिकास निर्माणको कुरामा अन्य वडा भन्दा यो वडालाई नगरपालिकाले पुर्वाग्रह राख्ने गरेको स्थानीयले आरोप  लगाउदै आएका छन् । 

गौरादह नगरपालिकामा अनुगमन प्रणाली अत्यन्तै फितलो रहेको नगरबासीले आरोप लगाउदै आएका छन् ।

No description available.

No description available.

यो समाचारको फलोअप पुन: गरिने छ। 

Views: