d

गौरिगंजमा सेतो छडी टेकेर हिड्ने गमनसिलता तालिम आयोजना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेत्रहीन संघ झापाको आयोजना तथा गौरिगन्ज गाउँ पालिकाको आर्थिक सहयोगमा ७ दिने गमनसिलता (सेतो छडी टेकेर हिड्न सिकाउने) तालीम आयोजना गरिएको छ । गौरिगन्ज गाउँ पालिका स्थित सभाहलमा पालिका क्षेत्रमा बसोबास गर्ने दृष्टिबिहिनिहरुलाई सहायता पुर्याउने उद्देश्यले तालीम आयोजना गरिएको हो । सात दिन सम्म संचालन हुने उक्त तालीममा १० जनाको सहभागीता रहने जनाइएको छ । गमनसिलता तालीम संगै २ दिवसिय अपांग ऐन सम्बन्धि कानुनी साक्षरता, १ दिवसिय वचत कोष संचालन तथा १ दिवसिय बाख्रा पालन सम्बन्धि तालीम समेत प्रदान गरिने झापा नेत्रहीन संघकि अध्यक्ष यसोदा बरालले बताईन् । 

उद्घाटन कार्यक्रममा आफ्ना मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठले दृस्ठिबिहिनहरुको लागि झापा नेत्रहीन संघले आयोजना गर्ने यसप्रकारको तालीमको महत्त्व अत्यन्तै ठूलो रहने भन्दै समाजका हरेक नागरिक प्रती पालिकाले समान व्यवहार गर्न प्रयास गरेको बताए । 


नेत्रहीन संघ झापाले झापाका सवै स्थानीय तहमा यस प्रकारको तालीम आयोजना गर्ने लक्ष्य लिएको पाइएको छ । यद्यपि दृस्ठिहिनहरुको लागि स्थानीय तहहरु उदासिन रहनेगरेको अध्यक्ष बराल बताउछिन् । 
'हरेक स्थानीय तहमा पुगेर यस प्रकारको कार्यक्रम संचालन गर्न प्रयास गर्छौं तर हाम्रो कार्यक्रमबारे बुझेर आवश्यक सहयोग गर्ने पालिकाहरु कमै रहेका छन्।', बरालले भनिन् । 

कतिपय पालिकामा पुग्दा जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरु खस्रो मिजासमा कुराकानी गर्ने गरेको उनले अनुभव सुनाइन् । 

तालीम कार्यक्रममा प्रमुख प्रशिक्षक भोलानाथ मिश्र, कानूनी प्रशिक्षक दिलकुमार राजवंशी, वचतकोष प्रशिक्षक यसोदा बराल रहने जनाइएको छ । 

जिल्ला अध्यक्ष यसोदा बरालको सभापतित्व र सचिव भोजकुमार तामाङले संचालन गरेको कार्यक्रममा 
जिल्ला उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत मन्तव्य तथा प्रमुख प्रशिक्षक भोलानाथ मिश्र, उपाध्यक्ष दिलकुमार राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालीम कार्यक्रमको समापन आगामी बिहिवार हुने जनाइएको छ ।

Views: