d

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ : सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने भएको हो । राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ। फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी सहित) , नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ।

Views: