d

गौरादह जेसिसको जेसिस सप्ताह सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह जेसिसको सप्ताहव्यापी  कार्यक्रम समापन गर्दै शुक्रबार सम्पन्न गरिएको छ । वडा नं. २ स्थित निर्माणाधीन लायन्स चिल्ड्रेन पार्कको सभाहलमा औपचारिक कार्यक्रमका साथ जेसिस सप्ताह सम्पन्न भएको हो । 

साताव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै मनाइएको जेसिस सप्ताहको अन्तिम दिन अन्तर बिद्यालय स्तरीय वक्त्रीत्वकला प्रतियोगिता आयोजना गरिएको छ । 

कार्यक्रमको औचित्यमा प्रकाश पार्दै गौरादह जेसिस वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश भट्टराईले सप्ताहव्यापी रूपमा आयोजना गरिएका र गौरादह जेसिसको स्थापना र जेसिसको विश्वव्यापी महत्त्व बारे चर्चा गरे । 

समापन समारोहमा  प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै संविधान सभा सभासद दिपक कार्कीले गौरादह जेसिसले समाज रुपान्तरणमा पुर्याएको योगदानको प्रसंसा गर्दै सामुदायिक तथा निजि बिद्यालयहरुले बिद्यार्थीको सर्वाङिण विकास गर्न मोटिभेसनल कक्षाहरु कोशेढुङ्गा सावित हुने बताए ।  भौतिक विकासलाई मात्र विकास मान्न नहुने तर्क गर्दै सभासद कार्कीले बदलिँदो राजनीतिक परिस्थिति संगै समाज पनि विकसित हुँदै गएको बताए ।

कार्यक्रममा गौरादह जेसिसको संस्थापक अध्यक्ष विजय सिटौला, गौरादह जेसिज बर्ष २०१७ का अध्यक्ष जेसि क्रान्तिदिप काफ्ले , गौरादह जेसिज दमक शाखाका बर्ष २०२१ का अध्यक्ष जेसि सुयोग खरेल, मिडिया नेपाल केन्द्रिय सदस्य सान नेपाल  लगायत विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थीहरुको सहभागिता रहेको थियो।  

समारोहमा अध्यक्ष एकराज घिमिरेले वर्ष २०२१ मा आफ्नो नेतृत्वमा रहेको गौरादह जेसिसले गरेका गतिबिधीहरुको बारेमा चर्चा गरेका थिए।  


 समापन  कार्यक्रममा वक्त्रीत्वकला प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण र सहभागी सबै बिद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो साथै सोही अवसरमा  गौरादह जेसिजले २०८ औं भानु जयन्तीका अवसरमा आयोजना गरेको अनलाइन कविता वाचन अन्तर्गत अग्नि मनमाया प्रतिस्ठानले सौजन्य गरेको पुरस्कारको समेत  वितरण गरेको थियो । 


गौरादह जेसिस वर्ष २०२१ अध्यक्ष जेसी एकराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव दुर्लभ कार्कीले गरेका थिए।  

Views: