d

जलवायु परिवर्तनका कारण सिर्जित संकटप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका संकटका बारेमा चिन्ता व्यक्त गरेकी छिन् । पुनर्निर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको शनिबार उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै संकटतर्फ धकेलिएको बताइन् । 

उनले भनिन्, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ। जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको संकटको धक्का हामीलाई पनि लागेको छ।” 
 
काठमाडौं विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रूपमा समेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पुर्‍याइरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसबाट बच्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिइन् । उनले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। रासस

Views: