d

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ। बाढीले अन्य १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले जानकारी दिएका छन्। निरन्तर वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूले बताएका छन्। बाढीले विषेश गरेर आन्ध्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर गरेको छ।  

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सातवटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

खोजी तथा उद्धार कार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको बताइएको छ। बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ । रासस

 

image: NMB News

Views: