d

चिकित्सकसँग परामर्श अव मोबाइल एप्स बाटै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – आईएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

यो सेवा अहिलेलाई वीर अस्पताल, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको अन्य सरकारी तथा निजी अस्पतालमा लागू हुनेछ । 

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामी आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गइ लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेशन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेब (merodoctor.com) मार्फत पनि उल्लेखित अस्पतालका अनलाइन ओपीडी टिकट सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका एक सय ५० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ । 

Views: