d

चितवनको विकास देखेर मलाई पनि आरिस लाग्यो - अर्थमन्त्री शर्मा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
चितवन – अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्न लायक विकास भएको बताएका छन्। 

चितवनमा आज साेमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताउनुभयो । ‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो’ उनले भने, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ 

मन्त्री शर्माले नारायणी तटबन्ध, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।  

यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको मन्त्री शर्माले बताए।  

Views: