d

जिल्ला उपसभापतिमा शेरबहादुर भट्टराईको उम्मेद्वारीले कांग्रेस कार्यकर्ता उत्साहित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: २५ वर्ष लामो र संघर्षशिल राजनीतिक यात्रा पार गरिसकेका कांग्रेस नेता  शेरबहादुर भट्टराईले झापा जिल्ला उपसभापति पदमा उम्मेद्वारी दिएका छन् ।झापा जिल्लामा नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउन प्रभावकारी भुमिका खेल्दै आएका भट्टराई राजनीतिमा मात्र नभएर सामाजिक क्षेत्र समेत अब्बल नाम हो ।  अढाई दशकदेखि कांग्रेस राजनीतिको अभिच्छिन्न यात्रामा रहेका भट्टराईले महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दिने भनिएको भएतापनी जिल्ला उपसभापति पदमा देउमान थेवेको प्यानल बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । सामाजिक र राजनीतिक रुपमा बलियो उचाई बनाएका भट्टराईको उपसाभापतिमा उम्मेद्वारी परेपछी कांग्रेसमा उत्साह थपिएको छ। माई पुर्व बलियो पकड बनाउन सफल नेता मानिने उनि  देउमान थेवेको प्यानलबाट उपसभापतिपदमा उम्मेद्वारी दिए पछि कांग्रेस कार्यकर्ता विच नयाँ उत्साह देखिएको हो।  

 पार्टीको दमक नगर उपसभापति रहेकै बेला तत्कालीन सभापतिले राजीनामा दिएका कारण कार्यवाहक नगर सभापति बनेका भट्टराईले एक कार्यकाल  दमक नगर उपसभापतिका रुपमा समेत जिम्मेवारी सम्हालि सकेका छन् । 

राजनीतिक वृत्तमा सदैब चर्चाको शिखरमा रहने भट्टराईको मिलनसार र सहयोगी स्वाभावकै कारण पार्टीमा सदाबहार नेताको रूपमा परिचीत छन् । 

आफ्नै कार्यकालमा दमक नगर समितिलाई  पार्टीको निजि भवन बाट सेवा सुचारु गराउन सफल भट्टराईले क्षेत्रीय समितिको कार्यालय भवन निर्माण गर्न समेत प्रसंसनिय भुमिका निर्वाह गरेका थिए । 

त्यती मात्र होईन तेपागाछी र धरमपुरका गाउँ पार्टी कार्यालय भवन निर्माणमा समेत उनको महत्त्वपूर्ण देन रहेको कांग्रेस कार्यकर्ताहरु बताउछन् । 

पार्टी भित्र पारदर्शी आर्थिक नितिको पक्षधर मानिने भट्टराई फजुल खर्च गर्ने र  कुनै पनि निर्वाचनमा अनावश्यक तडकभडक गर्नुनहुने र यसो गर्नाले बि. पी. कोइरालाको आदर्श विपरीत हुने विचार व्यक्त गर्छन् । वि. पी. कोइरालाकै राजनीतिक आदर्श बाट प्रेरित भएर सकृय राजनीतिक यात्रा शुरु गरेका भट्टराई आगामी निर्वाचनमा झापा कांग्रेसलाई बलियो बनाउनकै लागि उपसभापति पदमा चुनाव लड्ने तयारी गरेको बताउछन् । 

 दुई कार्यकाल (११ औं र १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति पछि पार्टीको १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य चुनिन सफल भएका भट्टराई गत स्थानीय निर्वाचनमा पार्टीले दमकमा स्थानीय निर्वाचन जित्न नसकेको प्रति फरक तर्क गर्छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १० मसिंरमा हुन गइरहेको जिल्ला समितिको अधिवेशनमा  उपसभापतिको उम्मेद्वारी दिएका भट्टराईले  आफ्नो सबल नेतृत्वले झापाली कांग्रेसलाई  बलियो बनाउन उत्साहित रहेको बताउछन् । 
पार्टीमा रुपान्तरण र पुस्तान्तरणको सवालमा नेता भट्टराई भन्छन – पार्टीको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरु ८० प्रतिशत जति नयाँ पुस्ताका आउनु भएको छ , उहाँहरु सबैको सक्रियता रहन्छ । पार्टीमा पुस्तान्तरण र रुपान्तरणको कुरा छ , पुस्तान्तरण भनेको प्राकृतिक रुपमानै स्वत हुँदै जाने कुरा हो रुपान्तरण भनेको नेतृत्वमा परिवर्तन हो जो अहिले भइरहेको छ ।

राजनीति बाहेक सामाजिक क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउदै आएका भट्टराई दमकमै प्रधान कार्यालय रहेको भट्टराई कुलवंश प्रतिष्ठानमा केन्द्रिय अध्यक्षको जिम्मेवारी समेत वहन गर्दै आएका छन् । 

लामो समय शिक्षण पेशामा रहेका भट्टराई हिमालय मा. वी. पुर्व व्यवस्थापन समिति अध्यक्ष, एड्भान्स अस्पताल दमकका संस्थापक अध्यक्ष र मेची आवासीय मा. वी. दमकका संस्थापक, दिपिनी नि मा. वि. संस्थापक अध्यक्ष समेत हुन् । 

केन्द्रिय तहका सबैजसो नेताहरू संग बलियो र प्रगाढ सम्बन्ध बनाउन सफल नेता भट्टराईले पार्टीलाई फरक दिशाबाट अगाडी बढाउदै झापाका सबै निर्वाचन क्षेत्रमा पार्टीको वर्चस्व स्थापना गर्ने कार्यमा निरन्तर लागिरहने बताउछन् । 

सबैको साथ सहयोगमा पार्टीलाई गतिशीलता दिनुपर्छ भन्ने सोच बोकेका भट्टराईको जिल्ला उपसभापति पदको उम्मेद्वारीलाई महत्त्वका साथ हेरिएको छ ।

Views: