d

देउमान थेवेले गरे प्यानल सहित उम्मेद्वारी घोषणा, उपसभापतिमा भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बिर्तामोड । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आगामी मंसिर ९ र १० गते हुने जिल्ला निर्वाचनमा सभापति पदका उम्मेदवार कांग्रेस नेता देउकुमार थेवेले आफ्नो समूहको तर्फबाट अरु ६ जना उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । थेवेले आज बिर्तामोड स्थित आफ्नै सम्पर्क कार्यमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उनिहरुको नाम सार्वजनिक गरेका हुन् ।

उपाध्यक्ष, सचिव र सहसचिव पदका लागि ६ जनाको नाम सार्वजनिक गरिएको छ । उक्त पदका लागि झापामा चिरपरिचित लामो समयदेखि पार्टी र सामाजिक कार्यमा योगदान गरेका र नयाँ पुष्तालाई पनि अघि बढाईएको छ । सभापति पदका उम्मेदवार थेवेले उप–सभापतिमा झापा दमकका शेरबहादुर भट्टराई, अर्का उपाध्यक्षमा मेचीनगरका केशवराज पाण्डेलाई अघि सारेका छन् । त्यसैगरी सचिव पदका लागि कृष्ण हुमागाई र अर्का सचिवमा नविन बिमलीको नाम घोषणा गरेका छन् । सहसचिवमा भने आदीवासी समुदायबाट प्रतिनिधित्व गराउदै कलेन्द्र राजवंशी र अर्का सह–सचिवमा कमल भण्डारीको नाम सार्वजनिक गरिएको छ । बाँकी पदका लागि उम्मेदवारको नाम पछि सार्वजविक गर्ने बताईएको छ ।

Views: