d

हामी इमानदार भएर तीन बुँदे सहमति गर्यौं तर सरकार इमानदार देखिएन: विप्लव

Views:
Responsive Image Gallery
Responsive Image Gallery


म्याग्दी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले तीन बुँदे सहमति गरेर आफूहरू इमानदारीपूर्वक आएको भए पनि सहमति लागू नगरेर राज्य भागिरहेको आरोप लगाएका छन्। 

मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको आज (बुधवार) म्याग्दीको बेनीमा उद्घाटन गर्दै उहाँले सहमति गरेको एक वर्ष बित्नै लाग्दा पनि सरकारले तीन बुँदे सहमति लागू नगरेको बताउएका हुन्  । उहाँले सहमतिको दुई नम्बर बुँदामा बन्दीहरू छाड्ने, झुट्टा मुद्दा खारेज गर्ने भने पनि त्यो कार्यान्वयन नभएको बताए।  


 ‘पैसाको कुरा त पहिले नै सिद्धिसक्यो, पदको कुरा पहिल्यै सिद्धिसक्यो । त्यसैले याे तीन बुँदे कुनै पदका लागि गरिएको सहमति होइन, यो कुनै पैसाका लागि गरिएको सहमति होइन । हामी राजनीति किन गर्दैछौँ ? हामी पार्टी किन खोल्दैछौँ ? हामी नागरिकमा किन फर्किन चाहन्छौँ भन्ने त्यो कुरा बुझाउनका लागि गरिएको सहमति हो ।’, महासचिव विप्लबले भने।  

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भए पनि आफ्ना साथीहरूलाई छाड्न कानुनी झमेला छ भन्नुभएकाे सुनाए  । ‘अहिले शेरबहादुरजीको सरकार बनेको छ । शेरबहादुर र प्रचण्डजीको सरकारले पनि दर्जनौँ विधेयक र अध्यादेश लिएर गएको छ । हुँदा–हुँदा केपीले ४० प्रतिशतले पार्टी फुटाउनुपर्छ भन्दा प्रतिगामी भन्ने शेरबहादुर र प्रचण्डजीहरू २० प्रतिशतले पार्टी बनाउन पाउँछ भनेर पनि कानुन बताउनुभयाे । तर हाम्रो न्यायका लागि लड्ने योद्धाहरूलाई जेलमा राखेर अगाडि कानुनको बाधक छ भन्नुहुन्छ’, महासचिव विप्लवले गुनासाे गरे।  

उहाँले माओवादी केन्द्रप्रति लक्षित गर्दै भने, ‘हाम्रा साथीहरूलाई झुट्टा मुद्दा लगाएर, जेलमा कोचेर, फैसला गरेर अनि हामीसँग एकता हुन्छ ? हामीले उठाएको न्यायपूर्ण आवाजलाई कुल्चिएर अनि एकताको कुरा अहिले सम्भव छ ? अनि त्यसपछि गएर अहिले कांग्रेससँग गठजोड गरेर, अनि कांग्रेसले हाम्रो कुरा नसुनेर एकताको सम्भव छ ? त्यसैले मैले के भन्छु भने– त्यसरी गरिने प्रचारमा हामी कोही पनि भ्रममा पर्नुहुँदैन ।’

अहिले कानुन सिकाउने वकिल र न्यायाधीशले आफ्नै नेतृत्वविरुद्ध आन्दोलन गर्नुपर्ने, दुई पटकसम्म संसद् विघटन हुनु, झन्डै दुई तिहाइ बहुमतको सरकार ढल्नु र देशमा भ्रष्टाचार बढ्नुमा संसदीय व्यवस्थाको कारणले भएको महासचिव विप्लवको भनाइ छ । वैज्ञानिक समाजवादको अभ्यासका लागि जनमत सङ्ग्रह गरेमा आफूहरू प्रतिस्पर्धामा जान तयार रहेको महासचिव विप्लवले बताए  । 

Views: