d

राप्रपा महाधिवेशन: प्रतिनिधि छनौटमा हानाहान भएको आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक / झापा प्रदेश ५ “ख“को महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्ता गर्न गएका राप्रपाका कृयाशिल सदस्य पुन्य शील संग्रौला माथि हातपात भएको पीडित संग्राैलनले आरोप लगाएका छन् । 
पार्टिको विधानका आधारमा प्रदेश सभाको निर्वाचनमा सकृय सदस्यको संख्याका आधारमा कम्तिमा ९ जना प्रतिनिधी छनौट गर्न पाईने छ । जस अन्तर्गत मंगलबार झापाको निर्वाचन क्षेत्र नं ५ (क) मा निर्वाचन सम्पन्न भएको छ । त्यसपछि बुधबार त्यस क्षेत्रका निर्वाचन गराएको निर्वाचन मण्डलले नै झापा ५(ख) मा पनि निर्वाचन गर्न आएको हो । मंगलबार बेलुका सम्म बुधबार नै यस क्षेत्रबाट प्रतिनिधी छनौट गरिनहाल्ने बताइएको थियो ।

अहिलै यस क्षेत्रको निर्वाचन तालिका सार्वजनिक नभएको भनेर बताइएपनि बुधबार एक्कासी निर्वाचन मण्डलले मनोनय दर्ताको काम गर्न थालेको र त्यसमा पार्टि भित्रका अन्य सदस्यहरुलाई जानकारी नै नगराई केहि समुहको निर्देशनमा मात्र काम गरेपछि त्यसको विरोध गरिएको पार्टिका कृयाशिल सदस्य संगौला बताउछन् । 

संग्राैलाले त्यहाँ निर्वाचन अधिकृतले यस क्षेत्रमा रहेका २५/३० जनाको भेला भएर महाधिवेशन प्रतिनिधी छनौट गर्ने काम भइरहेको थियो । किन यस्तो भयो अन्य सकृय सदस्यलाई खवर किन गरिएन भनेर प्रश्न गर्दा आफुमाथी हातपात भएको बताए । झापाको दमकका १० वटै वडा र कमल गाउँपाकिलाको वडा नं ५, ६ र ७ मा २ हजार ९ सय ४४ जना सकृय सदस्य रहेका छन् । यहि सदस्यहरुले यहाँबाट ९ जना महाधिवेसन प्रतिनिधी छनौट गर्ने छ ।

जिल्लाका अन्य क्षेत्रमा सर्वसम्मत प्रतिनिधी छनौट गरिएको भएपनि यहाँ सुटुक्क केहि समुहले मात्रै गरेको भन्दै उनले आपत्ती जनाएका छन् । 
 निर्वाचन समितीका सदस्य कुमार भण्डारीले आफुलाई नोमिनेसन गर्ने कोठाबाट धकेलेर बाहिर निकालेको संग्रौलाको  गुनासो छ ।

Views: