d

ओलीलाई सुनको कमण्डलु बोकेर देवघाटमै बस्न वाग्लेले दिए सुझाब

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाब दिएका छन्। भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएकाका छन् ।

मार्चपासपछिको कोणसभालाई सम्बाेधन गर्दै वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला (प्रतिनिधिसभा विघटनको विरुद्धमा) गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु – तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक-एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन  निरन्तर जागिरहने पनि उनले बताए। फ़ाइल तस्बिर 

Views: