d

लिङ्ग्देनले प्यानलै घोषणा गर्ने तयारी, थापा पक्षधर समेत अटाउन सकिने गरि गृहकार्य शुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठ्माण्डौ: पर्दाफास / मङ्सिर १०: नेता त्रयलाई टक्कर दिदै पार्टीको केन्द्रिय अध्यक्ष पदमा उम्मेद्वारी दिएका राप्रपा नेता राजेन्द्र लिङ्ग्देनले सबै पदहरुमा प्यानलै घोषणा गर्ने तयारी गरेका छन्।  अध्यक्ष पदमा उम्मेद्वारी दिएको भोलिपल्टै देखि आफ्नो पक्षमा लविङ्ग गर्ने नेता कार्यकर्ताको साथ लिएर प्यानलै घोषणा गर्ने तयारी शुरु गरेका हुन्।  पार्टी भित्र आमुल परिवर्तन गर्नुपर्ने भन्दै नेता लिङ्ग्देनलाई साथ दिंदै आएका नेताहरु संग लिङ्ग्देनले छलफल शुरु गरिसकेको बुझिएको छ।  प्यानलनै उमेद्वार उठाउने गरिको तयारीमा जुटेको बताउदै लिङ्ग्देन समर्थक नेता लक्ष्मी संग्रौलाले पर्दाफास संग कुरा गरे भने, 'हाम्रो तयारी प्यानललै उठाएर जाने भन्ने हो यद्धपी भूगोल मिलाएर लाने पर्ने हुँदा आइतवार सम्ममा घोषणा गर्ने योजना छ।' 
'देशै भारी राजेन्द्र लिङ्ग्देनको समर्थनमा माहोल देखिएको छ त्यसैले केन्द्रिय सदस्यमा जानेहरुको पनि छनौट प्रक्रियागत ढंगले गरिनु पर्छ भन्ने कुरा हो।', नेता संग्रौलाको भनाई छ।  

थापा पक्षधर नेताहरुले समेत पछिल्लो परिस्थितिमा लिङ्ग्देनको साथ खोज्न थालेकाले  साथीहरुलाई अटाएर लैजाने सोचमा लिङ्ग्देन जी हुनुहुन्छ।', नेता संग्रौलाले बताए।    

 

Views: