d

कांग्रेस अधिवेशन झापा: आधा मत गणना हुँदा राम कट्टेल देखिए प्यानल सहित अगाडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा:  नेपाली कांग्रेस झापा कार्यसमितिको लागि सम्पन्न  निर्वाचनको मत गणना जारी रहेको छ । पछिल्लो मत गणना अनुसार  आधा गणना गरिसक्दा पनि सभापतिमा राम कट्टेलसहित उनको प्यानलले अग्रता कायमै राखेको छ ।

पर्दाफासलाई प्राप्त पछिल्लो मतगणना  विवरण अनुसार सभापति पदमा  देउमान थेवेले राम कट्टेलसंगको मतान्तर घटाउदै लगेका छन् । साँझ ५:३० बजे प्राप्त नतीजा अनुसार  १६२६ गणना हुदाँ दुई उम्मेदवार विचको  मतान्तर घटाएर १७८ रहेको पाइएको छ ।


निर्वाचनमा कूल ३ हजार ३ सय ११ जनाले निर्वाचनमा मतदान गरेका छन् । सबै मतगणना सक्न आज राती सम्म लाग्ने अनुमान छ ।

 

पदाधिकारी तर्फ गणना भएकाे मत १७२६

सभापती

देउकुमार थेवे ७७४

रामबहादुर कट्टेल, ९३६

 

उपसभापति

केशवराज पाण्डे ८५६

प्रेम सम्वाहाम्फे ८९२

शेर ब. भट्टराई ७४८

समशेर गिरी ६८८

 

सचिव

कृष्ण हुमागाँई ६७८

टुमलाल राजवंशी ८१६

नवीन विमली ७७७

विश्वदिप लिम्बू ९५४

 

उपसचिव

उमाराम प्रसाईं - ८२६

कमलप्रसाद भण्डारी - ७४९

कालेन्द्रप्रसाद राजवंशी - ७२४

पदम लिम्बू - ९२२

 

Views: