d

‘एमालेको जनसागर देखेर विरोधी तर्सिए’- ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जनसागर उतारेर विरोधीहरुलाई देखाइदिएको बताएका छन् ।
एमालेको शनिबारदेखि चितवनको सौराहामा सुरू महाधिवेशन अन्तर्गतको बन्द सत्रलाई सम्बोधनका क्रममा उनले भने, ‘हाम्रो भूमिका प्रतिपक्षमा गएपछि नयाँ परिस्थितिमा विधान महाधिवेशन गरेर नीति कार्यक्रम बनायौँ। एकता र उत्साहपूर्ण वातावरणमा त्यो काम पूरा गर्यौँ ।’ उनले भने, ‘हामीले दुईवटा काम गर्नुथियो । एउटा जनपरिचालन, अर्को एमाले सिद्धियो भन्नेहरुलाई सन्देश! हामीले त्यो जवाफ हिजो दिएका छौँ ।’

उनले बन्दसत्रमा विधान महाधिवेशनले पारित गरेका नीतिका आधारमा नेतृत्व चयन गर्ने पनि बताए । ‘अनुशासित र एकतावद्ध पार्टी बनाएर राजनीतिलाई सु–बाटोमा ल्याउनुपर्छ’, उनले भने ।
सम्बोधनका क्रममा ओलीले आफू नेतृत्वको सरकारलाई षड्यन्त्र गरेर हटाइएको दाबी गरे । ‘सबै प्रतिकूलतासँग जुध्न पार्टी सक्षम छ । चुनौतीको सामना गर्न परिस्थितिलाई सच्याएर अघि बढ्न तयार छ’, उनले भने, ‘हिजोको जनसहभागिताले देखायो, एमालेको जनतागत । यसबीचमा दुई पटक पार्टी फुटे पनि हामी कमजोर भएका छैनौँ ।’

उनले आफूहरु जनादेश अभावमा सरकारबाट नहटेको पनि बताए । ‘जनादेश नपाएर, जनताको समर्थन अभावमा हामी सरकारबाट हटेको होइन । कार्य क्षमता र असफलताका कारण हटेको होइन’, उनले भने, ‘हामीलाई षड्यन्त्रका कारण सरकारबाट हटाइयो । असंवैधानिक र अलोकतान्त्रिक ढंगले हामीलाई हटाए ।’

 

आफूहरु सरकारबाट बाहिरिएपछि देश अस्थिरतातर्फ अघि बढेको पनि उनले बताए । ‘देश अहिले अस्थिरता र अन्योलका बीचबाट गुज्रिएको छ’, उनले भने, ‘परमादेशी सरकार आएपछि लोकतन्त्रका जुइना र नटबल्टु कमजोर बनाइँदैछ । यस्तो खतराबाट एमालेले देशलाई जोगाउनुछ ।’

 

फ़ाइल इमेज

Views: