d

मोदी नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन चाहन्छन् - भारतीय कम्युनिस्ट नेता शर्मा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगीन्दर शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनस्र्थापना गराउन लागेको दाबी गरेका छन् ।
चितवनको सौराहामा जारी नेकपा एमालेका बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको बताए ।
’भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ,’ शर्माले भने । ’फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ । सन् २०२५ सम्म भारतलाई पनि हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको छ,’ उनले भने ।
उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराएका छन् । उनले मोदीको तानाशाही सरकारलाई किसान आन्दोलनको बारेमा बझ्नु पर्ने बताएका छन् । बंगलादेश कम्युनिष्ट पार्टीका नेता अब्दुल्ला अल काफीले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । द नेपाल टप 

 

इमेज - द नेपाल टप 

Views: