d

एमाले महाधिवेशनमा चिनिया कम्युनिस्ट पार्टीको भिडियो सन्देश, एमालेको उच्च प्रसंसा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ । एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै चिनिया कम्युनिस्ट पार्टीले  यस्तो धारणा राखेको हो ।
चिनिया कम्युनिस्ट पार्टीकेन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।
चिनिया कम्युनिस्ट पार्टीले  हालै एकसय वर्ष मनायो त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको थियो,’ सन्देश भनिएको छ, ‘ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’

 

file image

Views: